काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अफर नगरिएको बताएका छन् । बुधबार पत्रकारसँगको कुराकानीमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’बाहेकलाई पत्र नदिइएको बताए ।
“पुुष्पकमल दाहाल ‘प्रचण्ड’जीलाई प्रधानमन्त्री एसेप्ट गरेकै हो । उहाँलाई चिठी भन्नुहुन्छ कि के भन्नुहुन्छ लेखेर दिएकै हो,” रविलाई प्रधानमन्त्रीको अफर गरिएकोबारे पत्रकारको जिज्ञासामा उनले भने, “त्यसपछि हामीले अर्कोलाई अहिलेसम्म दिइसकेका छैनौँ । आफैँ लिने भन्ने पनि अहिलेसम्म कुरा भइसकेको छैन ।”
यसअघि रास्वपाका सभापति लामिछानेलाई प्रधानमन्त्रीको अफर गरिएको चर्चा थियो ।