नयाँ दिल्ली । एयर इन्डिया एक्सप्रेसका कर्मचारीले एकैसाथ बिदा लिएका कारण सो कम्पनीका राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान रद्द गरिएका छन् । समाचार एजेन्सी एएनआईका अनुसार एयर इन्डिया एक्सप्रेसले मंगलबार रातिदेखि बुधबार बिहानसम्म ७० भन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान रद्द गरेको छ ।
यसको कारण सिनियर क्रू मेम्बर बिदामा बस्नुलाई बताइएको छ । अर्को समाचार एजेन्सी पीटीआईले एयर इन्डिया एक्सप्रेसका प्रवक्ताको हवाला दिँदै कम्पनीले कर्मचारी बिदामा जानुको कारण पत्ता लगाएर समस्याको समाधान गर्ने प्रयास गरिरहेको बताएका छन् ।
सोसल मिडियामा कैयौँ यात्रुले आफ्नो फ्लाइट रद्द भएको गुनासो गरेका छन् । मिडिया रिपोर्टका अनुसार टाटा समूहको स्वामित्व रहेको सो एयरलाइन्समा नोकरीको नयाँ सर्तको बारेमा कर्मचारीले विरोध गरिरहेका छन् । बीबीसी