site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई कोसी सरकारले स्मरण गरायो

विराटनगर । कोसी प्रदेश सरकारले प्रदेश प्रमुखलाई प्रदेशसभा बैठक सञ्चालन गर्न सरकारले गरेको पत्राचारबारे पुनः स्मरण गराएको छ । 

बुधबार बसेको मन्त्रिपरिषद्कको बैठकले प्रि–बजेटबारे छलफल गर्न प्रदेशको बजेट अधिवेशन आह्वान गर्न यसअघि नै सिफारिस गरेको बारे पुनः स्मरण गराएको आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले बताए । 

कोसी सरकारले जेठ ११ गते सदनको अधिवेशन आह्वान गर्न गत चैत २६ गते सिफारिस गरेको थियो । तर, एमाले–माओवादीका ५२ सांसदको मागअनुसार वैसाख ६ गते प्रदेश प्रमुख पर्शुराम खापुङले अधिवेशन आह्वान गरेका थिए । 

भोलिपल्ट संकल्प प्रस्ताव पारित गरी सरकार अल्पमतमा परिसकेको जनाउ दिइएको थियो । सरकारले सिफारिस गरे पनि प्रदेश प्रमुख खापुङले बजेट अधिवेशन आह्वान गरेका छैनन् । एमाले–माओवादीले प्रदेश प्रमुखलाई सरकार गठनको नयाँ प्रक्रिया थाल्न आग्रह गरेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १३:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro