site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
क्यानडा र भारतबीच आरोप–प्रत्यारोप
Sarbottam CementSarbottam Cement

ओटावा । क्यानडा र भारतबीचको जुहारी फेरि पनि चर्किंदै गएको छ । मंगलबार क्यानडाका विदेशमन्त्री मेलनी जोलीले फेरि भारतको विषयमा टिप्पणी गरेकी छन् । उनले भनेकी छन्, “क्यानडा सधैँ प्रष्ट रहेको छ कि हाम्रो कर्तव्य क्यानडाका नागरिकको सुरक्षा गर्नु हो । र, हामी यो कुरामा स्पष्ट छौँ कि क्यानडाका नागरिकको भारतीय एजेन्टले क्यानडाको जमिनमा हत्या गरेका हुन् ।”

जोलीले क्यानडाको प्रहरीले जाँच पूरा गरेको र यसबारे अहिले कुनै टिप्पणी नगर्ने बताइन् । उनले भनेकी छन्, “कुटनीति सधँै पर्दाको पछाडि राम्रो हुन्छ । क्यानडा सधैँ आफ्ना नागरिकको सुरक्षा, आफ्नो सम्प्रभूता कायम राख्न र कानुनीव्यवस्था कायम राख्नको लागि प्रतिबद्ध छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

उता क्यानडामा रहेका भारतका उच्चायुक्त सञ्जयकुमार बर्माले मंगलबार नै दुई देशबीच तनाव कम गर्न प्रयास भइरहेको बताएका छन् । उनले मन्ट्रियल काउन्सिल अन फरेन रिलेसन्सको एक कार्यक्रममा बोल्दै  भारतको क्षेत्रीय अखण्डतामा गलत नजर राख्नु लक्ष्मण रेखाको पार गर्नु जस्तो भएको बताएका छन् ।  खालिस्तानको नाम नलिइ उनले क्यानडाको भूमिमा यस्ता मुद्दा उठिरहेका छन्, जो भारतको क्षेत्रीय अखण्डताको लागि खतरा छन् समेत भनेका थिए ।  

भारतको विदेश मन्त्रालयले मंगलबार नै क्यानडाको माल्टनमा नगर कीर्तन परेडको सिलसिलामा खालिस्तान समर्थकले झाँकी निकालेकोमा आपत्ती जनाएको थियो । विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भनेका थिए, “क्यानडामा अतिवादीका तर्फबाट हाम्रो राजनीतिक नेतृत्वको विरुद्धमा जस्तो हिंंस्रक झाँकी  देखाउने काम भइरहेको छ, त्यसबारेमा हामी आपत्ति जनाउँछौँ ।”

Global Ime bank

उनले गएको वर्ष भारतका पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको हत्याको झाँकी क्यानडामा देखाइएको बताउँदै हिंसा कुनै पनि सभ्य समाजमा उत्सव हुन नहुने जनाएका थिए । बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १३:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement