site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गण्डकीका मुख्यमन्त्री पाण्डेले बिहीबार विश्वासको मत लिने
Sarbottam CementSarbottam Cement

पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी बिहीबार विश्वासको मत लिने भएका छन् । उनी वैशाख १५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

मन्त्रिपरिषद्लाई पूर्णता दिनुअगावै पाण्डेले विश्वासको मत लिने तयारी गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

संविधानको धारा १६८ को (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएपछि त्यसको तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । अहिले गण्डकी प्रदेश सभाको बैठक स्थगित छ ।

विश्वासको मत लिनको लागि प्रदेश सभाको अधिवेशन चालु हुनुपर्ने भएकाले पाण्डे नेतृत्वको मन्त्रिपरिषद् बैठकले प्रदेश सभा बैठक अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सरस्वती अर्याल तिवारीले जानकारी दिइन् ।

Global Ime bank

सरकारको निर्णयाानुसार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले वैशाख २१ गते दिनको दुई बजेको लागि बैठक आह्वान गरेका छन् ।

पाण्डेलाई ३५ सांसदको समर्थन
गत शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भई शनिबार पद तथा गोपनीयताको शपथ लिएका पाण्डेलाई ३५ सांसदको समर्थन छ । प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका ७ र स्वतन्त्र निर्वाचित भई नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका राजीव गुरुङ उर्फ दीपक मनाङेले पाण्डेलाई मुख्यमन्त्री बनाउन समर्थन गरेका थिए ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा सरकार बनाउन ३१ जना सांसदको समर्थन चाहिन्छ ।

पाण्डेको विपक्षमा एमालेका २२ र राप्रपाका २ गरी २४ सांसद छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  २०:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement