site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सूचना–प्रविधि दिवसको अवसरमा नेपाल टेलिकमले ल्यायो विशेष अफर
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा ग्राहकहरूका लागि आईसीटी डे अफर ल्याएको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा कम्पनीले आज (वैशाख १७)देखि वैशाख १९ गतेसम्मका लागि अफर ल्याएको छ ।

अफरअन्तर्गत कम्पनीले ४९ रुपैयाँमा एकदिन चलाउन सकिने एक एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा प्राप्त गर्न सकिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, डाटा प्याकेज अन्तर्गत ९८ रुपैयाँ मा तीन दिन चलाउन सकिने ६ जीबी डाटा प्राप्त गर्न सकिन्छ । १९९ रुपैयाँमा ७ दिन चलाउन सकिने १३ जीबी डाटा,  २९४ रुपैयाँमा १० दिन चलाउन सकिने २० जीबी डाटा र ३९९ रुपैयाँमा १५ दिन चलाउन सकिने ३० जीबी डाटा प्याकेज अफर अन्तर्गत खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नारासहित आगामी वैशाख १९ गते राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ मनाइँदै छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १६:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement