site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
आविष्कार केन्द्रको आन्दोलनमा राप्रपाको ऐक्यबद्धता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले सुरु गरेको अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन र धर्ना कार्यक्रममा र ऐक्यबद्धता जनाएको छ । शनिबार बिहान पार्टीका निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपाको टोलीले धर्ना स्थलमा पुगेर पुन र धर्नारत आविष्कार केन्द्रको टोलीलाई भेटेर आफ्नो संस्थागत समर्थन जनाएको छ । 

धर्नास्थलमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष, अन्य पदाधिकारी, संघ र प्रदेशका उपलब्ध सांसदहरू, भातृ संगठनका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुको समूहसमेत ऐक्यबद्धताका लागि पुगेका थिए । 

Dabur Nepal
NIC Asia

आफ्ना मागसहित धर्नामा बसिरहेका महावीर पुन र आविष्कार केन्द्रका टोलीसँगको भेटमा निर्देशन समितिका अध्यक्ष डा. लोहनीले मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र समृद्धिका लागि खोज, अनुसन्धान, नवीन सोच र आविष्कार अपरिहार्य विषय भएको बताउँदै पुन र आविष्कार केन्द्रले उठाएका विषय र मागहरू जायज भएको बताएको राप्रपाले जारी गरेको प्रेस नोटमा उल्लेख छ । 

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले योग्यता पुगेका सक्षम युवालाई विदेश पलायन हुनबाट रोक्न र नेपाललाई सबल, सक्षम र आत्मनिर्भर बनाउन पुनको प्रयास सह्रानीय रहेको र राज्यले पुनजस्ता निस्वार्थ अभियन्तालाई खोज, अनुसन्धानका लागि उचित वातावरण सिर्जना र प्रोत्साहित गरिनुपर्नेमा जोड दिएका छन् । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  १०:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro