site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
न्युट्रिप्लसको सेफ सत्रको पहिलो संस्करण सम्पन्न
Sarbottam CementSarbottam Cement

काठमाडौं । आरएमसी फुड्सले सेफ सत्रको पहिलो संस्करण सम्पन्न गरेको छ । सेफ समुदायलाई एकताबद्ध गर्न र उत्कृष्ट खाना बनाउने तेलको महत्वबारे छलफल गर्न आयोजित सत्र सफल रुपमा सम्पन्न गरेको हो ।

देशमा कार्यकारी सेफको उपाधि जित्ने पहिलो नेपाली सेफ गोविन्द नरसिंह केसी सत्रमा प्रमुख वक्ता थिए । उक्त नेटवर्किङ सेसनमा उनीसँगै चर्चित सेफ रत्नबहादुर थापा, सेफ लक्ष्मणप्रसाद भट्टराई, सेफ एसोसिएसनका अध्यक्ष श्याम लामालगायत अन्य सेफहरूको उपस्थिति रहेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रममा मास्टर सेफ प्रोफेसनल विजेता तथा न्युट्रिप्लसका ब्रान्ड एम्बेसेडर सन्तोष शाहले ब्राण्डको हिस्सा बन्नुको कारण र आफूले खाना बनाउने क्रममा न्युट्रिप्लसले थपेको फाइदाका बारेमा बताए । उनले स्वस्थ खाना पकाउने तेलको महत्व र जनस्वास्थ्यमा त्यसको प्रभावमा जोड दिए ।

आरएमसी फुड्सका कार्यकारी निर्देशक यश अग्रवाल भने, “नेपालका चर्चित र प्रमुख सेफहरू भेट्न पाउँदा र सेफ समुदायमा हाम्रो उत्पादन न्युट्रिप्लसको परिचय दिन पाउँदा हामीलाई गर्व महसुस भएको छ । आज उपस्थित सेफहरू न्युट्रिप्लसबारे पहिले नै जानकार छन् । यसलाई उहाँहरू आफ्नो पाककलाको एक कडीका रूपमा प्रयोग गर्दै हुनुहुन्छ भन्ने कुरा थाहा पाउन पाउँदा हामी पनि खुसी छौँ ।”

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  १६:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC