अर्थ व्यवसाय
काठमाडौं । सरकारले ३३ निर्माण व्यवसायीको इजाजतपत्र खारेज गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट इजाजत अनुमति पाए पनि निर्धारित समयमा नवीकरण नगरेका ३३ निर्माण कम्पनीको इजाजतपत्र खारेज भएको हो ।
मन्त्रालयले आर्थिक वर्ष २०७९/८० का लागि २०७९ चैत मसान्तभित्र इजाजतपत्र नवीकरणका लागि निर्माण व्यवसायीहरूलाई आग्रह गरेको थियो ।
प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८० ०७:५८
प्रतिक्रिया दिनुहोस्