site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एकसाथ कविता र कथाका दुई पुस्तक: ‘ओ पेङ्दोर्जे’ र ‘मुसुक्क म’
Tiktok banner adTiktok banner ad

काठमाडौं । पछिल्लो समय ‘हिति प्रणाली’ र ‘७२ सालको भूकम्प’ लगायत केहि अनुसन्धनात्मक कृति प्रस्तुत गरेपछि पब्लिकेशन नेपालय अब पाठकहरुमाझ साहित्यिक पुस्तक लिएर उपस्थित हुने भएको छ । यसै क्रममा कविता र लघुकथाका गरेर दुइवटा कृति तयार भएको छ ।

अब केहि दिनमै सार्वजनिक हुने पहिलो पुस्तक कविता संग्रह ‘ओ पेङ्दोर्जे’ हुनेछ । युवाकवि राजु स्याङ्तानले लेखेका कविताहरुको यो संग्रहभित्र छ वटा फरक खण्ड छन् भने तिनमा ५१ वटा कविता अटाएका छन् ।

समाजशास्त्रका विद्यार्थी राजु पेशाले कलमजीवी हुन् । पत्रकारिता, लेखन तथा सामाजिक राजनीतिक आन्दोलनमा उनको सक्रियता रहँदैआएको छ । आफ्नो कलमबाट सिमान्तकृत समुदाय, भूमिहरण सम्बन्धी अनुसन्धान र फिचर रिपोर्टिङ गरिरहेका राजुको यो पहिलो कविता संग्रह हो ।

लेखिका मञ्जुश्री थापाका अनुसार राजुमा काब्य रचनाको असाधारण प्रतिभा छ ।

‘उनका शब्दहरुमा बहुसङ्ख्यक उपेक्षित पददलितहरुको आवाज गुञ्जिन्छ,’ मञ्जुश्री भन्छिन्, ‘यो कविता संग्रह हाम्रो युगकै चेतनाको वाचाल अभिव्यक्तिका रुपमा आएको छ ।’

राजुले १ सय ५१ पृष्ठको पहिलो कृतिमै समकालीन नेपालका अत्यन्त कष्टकर क्षणहरुलाई अक्षरले उभ्याउन सफल भएका छन् ।

यो पुस्तकलाई पब्लिकेशन नेपालयले एकसाथ छापा र इ-बुक मात्र नभइ ‘अडियो बुक’ का रुपमा समेत सार्वजनिक गर्ने तयारी गर्दैछ । पछिल्लो समय कविता पढ्ने मात्र नभइ आनन्दले सुन्ने सिर्जना पनि बन्न पुगेको छ । यस्तोमा नेपालयले तयार पार्नलागेको राजुको ‘अडियो बुक’ मा स्वयं कवि, गायक तथा संगीतकार आभाषको धुनपनि रहने छ ।
‘ओ पेङ्दोर्जे’ कविता संग्रहलाई विमोचन लगत्तै विश्वभरिका पाठकहरुले अमेजनबाट पनि खरिद गर्नसक्ने ब्यवस्था मिलाइसकिएको छ ।
यसैगरी पब्लिकेशन नेपालयले तयार पारेको अर्को पुस्तक हो हिरण्य भोजपुरेको लघुकथा संग्रह ‘मुसुक्क म’।

नेपाली संगीतको फाँटमा जानकारी राख्नेहरुका लागि हिरण्य भोजपुरे परिचित नाम हो । साढे पाँच दसकअघि नेपालमा केहि तन्नेरीहरु मिलेर साँगीतिक समूह ‘लेकाली’ जन्माएका थिए । भोजपुरस्थित ट्याम्के डाँडाको ओतमा जन्मे हुर्केका ती तन्नेरीहरुको योगदानले आजसम्म पनि नेपाली संगीतलाई प्रभाव पारिरहेकै छ । तिनैमध्येका संस्थापक हुन् हिरण्य भोजपुरे ।
वि.सं. २०२२ सालमा ‘छहराको गीत’ लेखेर गीतकारका रुपमा परिचय बनाएका भोजपुरेले त्यसयता गायकबाहेक कवि, गीतकार, कथाकार, उपन्यासकार जस्ता सिर्जनाकै विविध क्षेत्रबाटै आफुलाई चिनाउँदै आएका छन् । साहित्य र संगीतमा यसरी समानान्तर ढंगले क्रियाशील सर्जक भोजपुरेले यसपाला भने लघुकथा विधामा आफुलाई प्रस्तुत गरेका छन् ।

यस पुस्तकमा सयवटा भन्दा बढी लघुकथाहरु संग्रहित छन् । तीमध्ये अधिकांश कथाहरु एउटै पानामा सकिएका छन् । यसरी एक बसाइमै सर्सर्ती पढ्न सकिने यो रमाइलो पुस्तक भोजपुरे स्वयंको व्यक्तित्वजस्तै रसिलो अनि स्वादिलो छ ।

छ वर्षयता सिर्जना गरिएका यी लघुकथामध्ये अधिकांश कोरोना महामारीको समय सदुपयोग गर्दै लेखिएका हुन् । त्योबेला बढी समय आफूले अमेरिकामा बिताएकाले त्यहाँ बस्ने नेपाली भोगाइका प्रतिनिधि कथाहरु पनि यो पुस्तकमा समेटिन पुगेको उनी स्पष्ट पार्छन् ।

भोजपुरेकृत लघुकथा संग्रह ‘मुसुक्क म’ पनि एकैसाथ भौतिक पुस्तक, इ-बुक र अडियो बुकका रुपमा आउँदैछ भने यो पुस्तक पनि संसारभरिका पाठकले अमेजनबाट खरिद गर्न सक्नेछन् ।

यी दुवै पुस्तक निकट भविष्यमै लोकार्पण गरिने जानकारी पब्लिकेशन नेपालयका प्रमुख कार्यकारी सैजन मास्केले दिइन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  १५:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro