site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पूर्वमुख्यमन्त्री खगराजको सम्पत्ति : पोखरामा दुई करोडको घर, चन्द्रागिरिमा घडेरी
फाइल तस्बिर।
SkywellSkywell

पोखरा । गत शनिबार प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि गण्डकीको मुख्यमन्त्रीबाट पूर्वमुख्यमन्त्री बनेका एमाले प्रदेशसभा सदस्य खगराज अधिकारीले निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । मंसिर ०४ मा भएको प्रदेशसभा निर्वाचनमा कास्की १ (क) बाट उमेदवार बनेका अधिकारीले १६ लाख ७१ हजार ५४६ रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक गरेका हुन् ।

निर्वाचन आयोगले यो क्षेत्रमा प्रदेशसभा सदस्यको उमेदवारको लागि बढीमा १७ लाख रुपैयाँ बराबरको खर्च सीमा तोकेको थियो । अधिकारीले भने खर्च सीमाभन्दा २८ हजार ५०० रुपैयाँ कम खर्च गरे ।

सबैभन्दा बढी उनले सवारीसाधनमा खर्च गरेका छन् । सवारीसाधन/इन्धन शीर्षकमा ६ लाख ६४ हजार रुपैयाँ खर्च भएको देखाइएको छ । यस्तै, सञ्चारमाध्यममा उनको खर्च दुई लाख २७ हजार रुपैयाँ रहेको छ । छापा, विद्युतीय र सामाजिक सञ्जालमा उनले उक्त रकम खर्चेका हुन् । 

KFC Island Ad
NIC Asia

कार्यालय र प्रतिनिधि व्यवस्थापनमा दुई लाख ७४ हजार, मतदाता नामावली खरिदमा १८ हजार, प्रचार सामग्रीमा एक लाख ५२ हजार खर्च भएको देखाइएको छ । दुई लाख ३० हजार रुपैयाँ उनले गोष्ठी/अन्तरक्रियामा खर्चेका छन् । त्यस्तै, ढुवानीमा ६० हजार र अन्य शीर्षकमा ६ हजार खर्च भएको देखाइएको छ ।

सम्पत्ति : पोखरामा दुई करोडको घर, चन्द्रागिरिमा जग्गा

Royal Enfield Island Ad

प्रदेशसभा सदस्य निर्वाचित भएपछि अधिकारी एमाले संसदीय दलको नेता बन्दै पुस २५ गते गण्डकीको मुख्यमन्त्री बने । नेकपा (माओवादी केन्द्र)को समर्थनमा प्रदेश सरकारको नेतृत्वमा पुगेका अधिकारीले माओवादीले समर्थन फिर्ता लिएसँगै कुर्सी गुमाउन पुगे । 

चैत १० गते माओवादी प्रदेश सरकारबाट बाहिरिएपछि त्यसको ३०औँ दिनका दिन वैशाख ९ गते उनले दोस्रोपटक विश्वासको मत मागे, तर पाएनन् । विश्वासको मत नपाएपछि सरकार सम्हालेको १०५औँ दिनमा पूर्वमुख्यमन्त्री बन्न पुगे । 

अधिकारीले विश्वासको मत लिने अघिल्लो दिन आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका थिए । जबकि, मुख्यमन्त्री, मन्त्रीहरुले कार्यभार सम्हालेको ६०औँ दिनभित्र अनिवार्य रुपमा सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने मन्त्रिपरिषद्को आचारसंहिता नै छ ।

आचारसंहिताले तोकेको समयमा सम्पत्ति विवरण सार्वजनिक नभए पनि गण्डकीमा हालसम्म सम्पत्ति विवरण सार्वजनिक गर्ने उनै अधिकारी मात्रै हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार खगराज अधिकारीको दुई करोडको घर छ ।

उक्त घर पैतृक सम्पत्ति बिक्रीबाट ८० लाख रूपैयाँमा बनाएको र हालको बजारभाउ दुई करोड रूपैयाँ पर्ने उल्लेख गरिएको छ । पोखरा–१२ ढिकालेथरमा रहेको उक्त घर ६ आनामा बनेको छ । उनको जन्मथलो पोखरा–३१ मा आठ ठाउँमा जग्गा छ ।

अधिकारीले २०७८ साल जेठमा प्रभु बैंकबाट ८० लाख रूपैयाँ ऋण लिएर काठमाडौंको चन्द्रागिरि नगरपालिकामा अधिकारीले घडेरी किनेका छन् । यो ऋण उनले श्रीमती रमा पाण्डेको नाममा लिएका छन् । त्यसबाहेक अग्रगामी कृषि फार्ममा श्रीमती रमा पाण्डेको साढे १६ लाख रूपैयाँ र चितवनमा बनिरहेको रिसोर्टमा पनि श्रीमतीकै नाममा २० लाख रूपैयाँ लगानी छ ।

उनीसँग नगद १५ लाख रूपैयाँ छ । अंशबण्डाबाट प्राप्त तीन तोला सुन पनि उनीसँग छ । विभिन्न बैंक र सहकारीमा  अधिकारीको १० लाख रूपैयाँ मौज्दात छ ।

पूर्वमुख्यमन्त्री अधिकारीको गण्डकी विकास बैंकमा दुई हजार ४९७ कित्ता सेयर छ । गाउँको खेतबारीबाट कृषि फसलबाट वार्षिक ६ लाख रूपैयाँ आम्दानी हुने उनले खुलाएका छन् । अधिकारीको २५ लाख रूपैयाँ ऋण पनि छ । तीनजना व्यक्तिसँग ३५ लाख लिएकोमा २०७८ सालमा १० लाख रूपैयाँ तिरेको उनले उल्लेख गरेका छन् ।

सवारीको नाममा उनीसँग एउटा स्कोर्पियो गाडी छ । उनले त्यो गाडी २०७८ साल मंसिरमा किनेका हुन् । आई–२० कार केदार थपिलयाको बेचेर रकम थप गरेर किनेको मुख्यमन्त्रीको विवरणमा उल्लेख छ । थपलिया अधिकारीका साला हुन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  ०२:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro