site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
नाक कोट्याउने बानी छ ? अल्जाइमर हुन सक्छ

काठमाडौं । सन् २०२२ को एक अध्ययनले नाक कोट्याउनुले डिमेन्सिया बढाउने सम्भावना देखाएको छ । औँला हालेर फोहोर निकाल्दा नाकको भित्री तन्तुहरूमा क्षति पुग्ने र फलस्वरूप गम्भीर किसिमका ब्याक्टेरियाहरूले मष्तिस्कमा सहज पहुँच पाउने अध्ययनले देखाएको छ ।

यसरी ती ब्याक्टेरियाहरूले अल्जाइमरको लक्षणसँग मिल्दोजुल्दो प्रतिक्रिया दिने गर्छन् । यो अध्ययन मानिसहरूमा नभएर मुसामा गरिएको थियो । अहिलेसम्म रहस्य रहेको अल्जाइमर सुरु हुने विषयमा यो महत्त्वपूर्ण अनुसन्धानको बिषय बन्नसक्ने देखिएको छ ।

Dabur Nepal
NIC Asia

अस्ट्रेलियाको ग्रिफिथ युनिभर्सिटीका वैज्ञानिकहरूको नेतृत्वमा अनुसन्धानकर्ताहरूको टोलीले क्ल्यामिडिया निमोनिया नामक ब्याक्टेरियामा यो परीक्षण गरेको थियो । यो ब्याक्टेरियाले मानिसलाई संक्रमित गर्न सक्छ र निमोनिया हुन सक्छ ।

यो ब्याक्टेरिया डिमेन्सिया भएका अधिकांश मानिसहरूको मष्तिस्कमासमेत पाइने गर्छ । डिमेन्सिया भनेको आफ्नो दैनिक जिवनका क्रियकलापहरू नै गर्न नसक्ने गरी मष्तिस्कको स्थिति कमजोर हुनु वा सम्झिने क्षमता हराउनु, मेमोरी लस हुनु हो ।

अल्जाइमर भनेको एक किसिमको मष्तिस्कमा हुने रोग हो यसले सुरुमा सामान्यरूपमा सम्झने क्षमता कम गर्दै डिमेन्सिया गराउनसक्छ । हाल डिमेन्सियाको प्रमुख कारणका रूपमा अल्जाइमर रहेको छ ।

मुसामा गरिएको परीक्षणले यो ब्याक्टेरिया ओल्फ्याक्ट्री नर्भ नाकको भित्री भागदेखि मस्तिष्कसम्म फैलिएको स्नायुमा जानसक्ने देखाएको छ । अध्ययनले नाकको प्वालभित्र माथिल्लोतर्फ हुने तत्नुमा क्षति पुग्दा संक्रमण झनै बढेको देखाएको छ ।

यसले मुसाको मस्तिष्कमा एमाइलोइड बिटा प्रोटिन संकलनको मात्रा बढाएको पाइयो । यो एक प्रकारको प्रोटिन हो जुन संक्रमणको प्रतिक्रियामा उत्पन्न हुन्छ । यो प्रोटिन अल्जाइमर रोग भएका व्यक्तिहरूमा पनि पाइनेगर्छ । 

साइन्सअलर्टबाट । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  ०७:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro