site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
चितवन–२ मा सर्वदलीय बैठक सुरु 

काठमाडौं । चितवन–२ मा मतगणना सुरु गर्न बिहान ८ बजे बोलाएको सर्वदलीय बैठक झण्डै एक घण्टा ढिलो सुरु भएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले आचारसंहिता विरुद्धको उजुरीमा जवाफ दिनुपर्ने कांग्रेसको सर्तपछि आइतबार मतगणना आजका लागि सरेको थियो । अहिले भने कांग्रेसका प्रतिनिधिसहित बैठक सुरु भएको हो । 

“हामीले प्रोटेष्ट हालेको तपाईंलाई जानकारी नै  छ । त्यसमा प्रमुख जिल्ला अधिकारीले जवाफ नदिएका कारण हिजो मतगणना सुरु नभएको हो,” नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले बाह्रखरीसँग भने, “अहिले सीडीओ पनि आएकाले बैठकमा छलफल गर्नेगरी हामी सर्वदलीय बैठकमा आएका हौँ ।” 

Argakhachi Cement Island Ad

चितवन–२ का सहायक निर्वाचन अधिकारी ईश्वर आचार्यले कांग्रेसका प्रतिनिधि नआएका कारण बैठक केही ढिला सुरु भएको जानकारी दिए । 

उक्त क्षेत्रमा नेकपा (एमाले)बाट रामप्रसाद न्यौपाने, नेपाली कांग्रेसबाट जीतनारायण श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसहितका उमेदवार छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  ०८:५५
प्रतिक्रिया दिनुहोस्