site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्से १८ अंकले घट्दा होटेल र पर्यटन समूहका लगानीकर्ताले कमाए

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक ०.९९ प्रतिशतले घटेको छ । नेप्से १८.८० अंकले घटेर १८८५.६० को विन्दुमा झरेको छ ।

यस दिन २६५ कम्पनीका २७ लाख ३४ हजार ३०७ कित्ता सेयर ८२ करोड ८५ लाख ३४ हजार ३६ रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

सेन्सेटिभ इन्डेक्स पनि १.१० प्रतिशतले घटेर ३५९.१३ को विन्दुमा झेरको छ ।

आइतबार होटेल तथा पर्यटन समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । १३ मध्ये  होटेल तथा पर्यटन समूहको सूचक उकालो लागेको छ । यो समूहको समूहगत सूचक सार्वधिक ०.३१ प्रतिशतले बढेको छ ।

अरू १२ समूहको समूहगत सूचक ओरालो लागेको छ । ट्रेडिङ समूहको समूहगत सूचक सर्वाधिक १.४७ प्रतिशतले घटेको छ ।

सनराइज ब्लुचिप फन्ड र आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेर बन्द भएको छ ।

सनराइज फोकस इक्विटी फन्डको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेर बन्द भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १५:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro