site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पाल्पामा बस दुर्घटना हुँदा एकको मृत्यु, ३४ घाइते, ६ जनाको अवस्था गम्भीर

काठमाडौं । पाल्पामा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । ३४ जना घाइते छन् । आज बिहान करिब सवा ९ बजे तिनाउ गाउँपालिका–५, जोडधारामा लु१ख ५९ ५६ नम्बरको बस दुर्घटना भएको हो ।

दुर्घटनामा रुपन्देहीको देवदह नगरपालिका–३, सूर्यपूराकी अन्दाजी ३५ वर्षीया राधिका पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता एवं डीएसपी सुरेन्द्र थापाले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

उनका अनुसार घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ । घाइते सबैको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

“एकजनाको मृत्यु भएको छ । ६ जना सिकिस्त छन् । ३४ जना घाइतेको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ,” उनले बाह्रखरीसित भने, “चालक समेत घाइते छन् । दुर्घटनाको कारण खुलेको छैन ।”

बुटवलबाट बागलुङको हटियातर्फ जाँदै गरेको बस दुर्घटना भएको हो । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १२:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro