अर्थ व्यवसाय
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा निरक केसी निर्वाचित भएका छन् ।
सोमबार सम्पन्न महासंघको कार्यसमितिबीचको निर्वाचनबाट कोषाध्यक्षमा केसी निर्वाचित भएका हुन् ।
महासंघको कोषाध्यक्षका लागि केसी र प्रबलजंग पाण्डेबीच प्रतिस्पर्धा भएको थियो ।
केसीले ३८ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी पाण्डेले २९ मत ल्याएका थिए ।
प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८० २१:१७
प्रतिक्रिया दिनुहोस्