site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डा. कृष्णजंग राणाको ‘दिल का दीया’ सार्वजनिक
Tiktok banner adTiktok banner ad

काठमाडौं । ९२ वर्षीय कवि एवं गजलकार डा. कृष्णजंग राणाद्वारा लिखित नवीन हिन्दी काव्यकृति ‘दिल का दीया’ सार्वजनिक गरिएको छ ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा कवि बसन्त चौधरीले डा. राणाको कविता, गजल र गीत समावेश कृति सार्वजनिक गरे । पाठकले कृतिभित्र प्रेमरसले भरिएका काव्यमोती प्रशस्त पाउने उनले बताए ।

डा. राणासँगको पहिलो भेटको स्मरण गर्दै चौधरीले सार्वजनिक कृति उनको हृदयको गहिराइदेखि निस्किएको गुम्फन भएको बताए ।

प्रा. डा. सनतकुमार वस्तीले डा. राणाका कविता, गीत र गजलको सार नै प्रेम भएको बताए । उनले सोही कृतिका केही रचनावाचन गरे ।

नेपालस्थित भारतीय दूतावासका सूचना संस्कृति विभागका अधिकारी सत्येन्द्र दहियाले सार्वजनिक पुस्तकको शीर्षकले नै गहिरो भाव बोकेको उल्लेख गरे । उनले पनि कृतिभित्रका केही शेरवाचन गरे ।

उर्दु एकेडेमी नेपालका अध्यक्ष कवि इम्तियाज वफाले डा. राणाले पुस्तकमार्फत हृदयको दीपक बालिसकेको हुँदा अब यसबाट सर्वत्र उज्यालो छर्ने जिम्मा आफूहरूको काँधमा आएको बताए ।

कार्यक्रममा डा. राणाले आफ्ना केही गजलहरू गाएर वाचन गरेका थिए । यो उनको २२औँ तथा १२औँ हिन्दी कृति हो ।

त्रिभुवन विश्वविद्यालय हिन्दी केन्द्रीय विभागकी अध्यक्ष डा. संजीता वर्माले हिन्दी भाषा–साहित्यमा विशेष योगदान दिएको भन्दै डा. राणालाई सम्मानपत्र प्रदान गरिन् । हिमलिनी पत्रिकाका तर्फबाट पनि डा. राणालाई सम्मानपत्र प्रदान गरियो ।

कार्यक्रममा इ. सच्चिदानन्द मिश्र, डा. श्वेता दीप्तिलगायत व्यक्तिले कृतिबारे बोलेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  २०:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro