site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काण्ड घटाउन अन्य दल टन्नै छन् : रवि लामिछाने
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरूले इमानदार भएर राजनीति गर्ने बताएका छन् । पार्टीका नेता–कार्यकर्ताबाट गलत कार्य हुन नदिनेको उनको प्रतिज्ञा छ ।

शनिबार साँझ चितवनमा आयोजित कार्यक्रममा उनले गलत कार्य गर्ने पार्टीका जो कोहीलाई कारबाही गर्दै अघि बढ्ने बताए । रास्वपाका सांसद डा. ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणलगत्तै उनलाई कारबाही गरिएको लामिछानेले उल्लेख गरे ।

“हाम्रा एक सांसदको विवाद आउनेबित्तिकै हामीले नेपालको राजनीतिको इतिहासमा पहिलोपटक ७२ घण्टाभित्र कारबाही गरेर देखाएका छौँ, ७२ घण्टाभित्र । नेपालको राजनीतिको इतिहासमा यस्तो कहीँ पनि भएको छैन,” उनले भने, “हुनलाई त त्यो एउटा अडियो सार्वजनिक भएको हो । त्यसका प्रमाणहरू आइसकेका छैनन् । तर, राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिएपछि त्यस्ता डिल गर्न पनि पाइँदैन । सपनामा सोच्न पनि पाइँदैन ।”

आसन्न उपनिर्वाचनमा लामिछाने चितवन क्षेत्र नम्बर–२ बाट पुनः प्रतिस्पर्धामा छन् । चुनावी प्रचारप्रसारका क्रममा आयोजित सभामा उनले रास्वपामा आबद्ध भएपछि कुनै ‘काण्ड’ घटाउन नपाइने पनि बताए ।

भ्रष्टाचारबारे कुनै किसिमको छुट आफूहरूलाई नभएको उनको भनाइ छ । “काण्ड घटाउनका लागि अन्य दलहरू टन्नै छन् । हाम्रा लागि यो ठाउँ होइन । हामीले सोच्न पाउँदैनौँ,” उनले भने, “हामीले न सल्लाह गर्न पाउँछौँ न कानेखुसी गर्न पाउँछौँ । न भ्रष्टाचारबारे सपना देख्न पाउँछौँ । हामीलाई त्यो छुट छैन ।

त्यसक्रममा उनले आफ्नो पक्षमा मत मागेका थिए । चितवन–२, तनहुँ–१ र बारा–२ मा यही वैशाख १० गते उपनिर्वाचन हुँदै छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  १९:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro