site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसद्मा ‘तीन भाइ’ अँगालो मारेर प्रवेश गर्नेछौँ : रवि लामिछाने
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आसन्न उपनिर्वाचनमा आफ्नो पार्टीका उमेदवार विजयी हुने जिकिर गरेका छन् । शनिबार चितवनमा आयोजित कार्यक्रममा उनले आफूहरू निर्वाचित भएर संसद्मा प्रवेश गर्ने बताए ।

लामिछाने चितवन क्षेत्र नम्बर–२ बाट पुनः प्रतिस्पर्धामा छन् । रास्वपाबाट तनहुँ–१ मा डा. स्वर्णिम वाग्ले र बारा–२ मा रमेश खरेल उमेदवार छन् । लामिछानेले आफूहरू तीनैजना विजयी हुने बताए ।

“चितवनले यसपटक सरप्राइज दिन्छ । यसपटक तनहुँले पनि सरप्राइज दिन्छ र बाराले पनि सरप्राइज दिन्छ,” उनले भने, “यसपटक संघीय संसद्मा हामी तीन भाइ अँगालो मारेर प्रवेश गर्नेछौँ, मलाई विश्वास छ ।”

उनले कुनै राजनीतिक दलप्रति आफूहरूको पूर्वाग्रह नरहेको पनि बताए ।

यी तीन क्षेत्रमा यही वैशाख १० गते उपनिर्वाचन हुँदै छ । उमेदवार प्रचारप्रसारमा व्यस्त छन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  १९:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro