site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आह्वान
Tiktok banner adTiktok banner ad

खिइँदै छन् घरगोठ, बारी, हलो र जुवाहरू
रूँदै छन् पाखापखेरा अनि आमा र बुवाहरू
एक्लै छ चौतारी वरको, घुम्दैनन् चर्खे पिङ
फर्की आऊ सम्हाल देशको बागडोर युवाजन । १ ।

रित्तिँदै छन् गामबेसी यहाँ दुई छाकका रापले
छानोमानो, अर्थ अनि सुखका ती सन्तापले
झुल्काइ सुदूरमा किरण ती आशाका बीज छर्न 
फर्की आऊ सम्हाल देशको बागडोर युवाजन । २ ।

छन् रोगी अनि अशक्तहरू यहाँ देशै चलाउनेहरू
खै कहाँ छौ ? श्रम अनि सीपले ढुंगा गलाउनेहरू
देखी यस्तो अवस्था देशको सम्झिँदा रुन्छ मन
फर्की आऊ सम्हाल देशको बागडोर युवाजन । ३ ।

लेला कहाँ गति विकासले, समृद्धि कहाँ छाउला ?
विनातिमी शुभसमयको गीत यहाँ को गाउला ?
राखी तिम्रै भरोसा देशको चल्दै छ हेर धड्कन
फर्की आऊ सम्हाल देशको बागडोर युवाजन । ४ ।

(तिलोत्तमा, रुपन्देही)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  १०:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro