site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डिसहोमको आईटी टीभीमा आईपीएल हेर्न सकिने
Tiktok banner adTiktok banner ad

काठमाडौं । डिसहोमको आईटी टीभीमा सन् २०२३ को इन्डियन प्रिमियर लिग (आईपीएल) एचडी क्वालिटीमा हेर्न सकिने भएको छ । 

डिस मिडिया नेटवर्कले फरक प्रविधि इन्टरनेट प्रोटोकलमा आधारित भएका कारण आईपी टीभीमा आईपीएल एचडी क्वालिटीमा हेर्न सकिने बताएको छ ।

प्रविधिको परिवर्तन र ग्राहकको चाहनालाई मध्यनजर गर्दै नेपालकै पहिलो आईपी टीभी सञ्चालनमा ल्याएको डिसहोमले डीएच आईटी टीभी, डीटीएच र टीटु भन्दा फरक आईपी टीभीमा कोरियन, पाकिस्तानी, इरानी, वुल्गेरियन आदि अन्तर्राष्ट्रिय सिरिजहरू आफूले चाहेको समयमा हेर्न सकिने बताएको छ ।

यस्तै, लाइभ आईटी टीभीमा दैनिकरुपमा विभिन्न स्र्पोटस्, सिरिज, फिल्म र रमाइलो टिभीमा एक्सक्लुसिभ सिरियल भाग्य सिन्दुरको र आनन्दी हेर्न सकिने कम्पनीले जनाएको छ । 

अन्य सेवा प्रदायककोमा उपलव्ध नभएको सर्टस टिभी, गुञ्जा, सिने हट्स, जुनियर टीभी र नेपाली भाषामा लोकप्रिय कोरियन सिरिज हेर्न सकिने छ । 

जस्ता डिसहोमका एक्सक्लुसिभ च्यानललगायत २०० भन्दा बढी टीभी च्यानल, पाँच हजार घण्टा बढी विभिन्न कन्टेन्ट, भिडियो अन डिमान्ड, क्याच अप टीभी, स्टार्ट ओभर टीभी, युट्युब, टिकटकलगायतका अन्य विभिन्न एप फिर्चससमेत उपलब्ध रहेको डिसहोमको भनाइ छ ।

इन्टरनेट प्रोटोकल आईपी नेटवर्कमार्फत टेलिभिजन सिग्नल प्राप्त हुने भएकाले यो सेवा लिन इन्टरनेट कनेक्सन भने हुन जरुरी रहेको छ । ग्राहकहरूले आफ्नो नजिकैको डिलरमा गएर वा डिसहोमको सेवा केन्द्रमा सम्पर्क गरेर डीएच फाइबर जडान गरी यो फाइदा लिनसक्ने कम्पनीले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १४:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro