site stats
साहित्य
खुसी

श्रीमतीलाई भित्र बिस्तारामा राखेर म अस्पतालको कुरुवाकक्षमा टोलाउन पुगेँ । झपक्क आँखा लागेछ ।

सपनामा मैले पुज्ने गरेका ब्रह्मदेव प्रकट हुनुभयो । मैले आशातीत मनस्थितिमा नमन गरेँ ।

Himalayan Bank
Agni Group

मेरो आराधना स्वीकार गर्दै ब्रह्मदेवबाट आज्ञा भयो— भक्त, माग । तिमीलाई के चाहिएको छ, आज तिम्रो माग म पूरा गरिदिन्छु ।

म अलमलिएँ । अनि, बिन्ती बिसाएँ— प्रभु, मलाई एउटा यस्तो खुसी दिनुहोस्, जुन खुसी मैले पूरै पृथ्वीको चक्कर लगाएर पनि नभेटूँ ।

Global bank

ब्रह्मदेव ‘तथास्तु’ भनेर अलप हुनुभयो । तत्क्षण अस्पतालको वार्डको ढोका खुल्यो । म ब्युँझिएँ ।

एक डक्टर मेरासामु उभिएका थिए । मेरा उत्सुक नजर मिलेसँगै उनी बोले— बधाई छ ! तपाईं छोरीको बाबा बन्नुभयो ।
 

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  ०६:५४
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय