site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
SkywellSkywell

म्याग्दी । बेनी–जोमसोम सडक हुँदै हिमालपारिको जिल्ला मुस्ताङ भम्रण गर्ने आन्तरिक पर्यटक बढेका छन् । दशैं बिदा सदुपयोग गर्दै मुस्ताङको भम्रणमा आउने पर्यटकको संख्या बढेपछि म्याग्दी सदरमुकाम बेनी, गलेश्वरलगायतका क्षेत्रका होटल भरिभराउ भएका हुन् । 

दशैंको टीकाको भोलिपल्टदेखि मुस्ताङ भम्रणमा आउनेको भिड बढेसँगै होटल भरिभराउ भएको र होटलको क्षमताभन्दा पनि बढी पाहुना आउन थालेपछि व्यवस्थापन गर्नै मुस्किल परेको बेनीस्थित होटल शिखरका सञ्चालक सुजन बरुवालले बताए ।  

KFC Island Ad
NIC Asia

दशैं बिदामा मुस्ताङ भम्रण गर्नेले बास बस्न बेनीका होटलमा अग्रिम बुकिङसमेत गर्न थालेका छन् । पर्यटकको चाप बढेपछि बेनीका ठूला तथा साना होटल पाहुनाले दैनिकजसो भरिभराउ हुन थालेका हुन् । 

मुस्ताङको प्रसिद्ध मुक्तिनाथ, लोमानथाङलगायतका ठाउँको भम्रणका लागि नेपालका विभिन्न क्षेत्रबाट सयौँको संख्यामा मोटरसाइकल र अन्य सवारीसाधनमार्फत आन्तरिक पर्यटक भित्रिरहेको दानाका होटल व्यवसायी इन्द्रसिंह शेरचनल जानकारी दिए ।  

निजी तथा सार्वजनिक सवारीसाधन हुँदै पर्यटक भित्रने क्रम बढेपछि बेनीसँगै बेनी–जोमसोम क्षेत्रका होटल व्यावसायी उत्साहित छन् । निजी सवारीसाधनमा आएका पर्यटकले मुस्ताङसँगै सडकखण्डअन्तर्गत पर्ने म्याग्दीको धार्मिक एवं पर्यटकीयस्थल गलेश्वर, तातोपानी कुण्ड, रुप्से झरना, अन्धगल्छीलगायतका पर्यटकीयस्थलको समेत अवलोकन गर्ने गरेका छन् । रासस 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १७, २०७४  १८:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro