site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कञ्चनजंघा आधार शिविरमा पर्यटकको चहलपहल, एक सहयोगीको मृत्यु
फाइल तस्बिर ।

ताप्लेजुङ । कञ्चनजंघा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन सुरु भएसँगै शिखर आधार शिविर गुलजार भएको छ । शुक्रबार ६५ जना विदेशी पर्यटक आधार शिविरतर्फ प्रस्थान गरेका छन् । 

घुन्सास्थित कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका पर्यटन सहायक टासी तेन्जिङका अनुसार स्पेन, फ्रान्स, अष्ट्रेलिया, जर्मनी, नेदरल्याण्ड, स्वीडेन, रोमानिया, अमेरिका, पोल्याण्ड, र भारतका आधार शिविरतर्फ गएका हुन् । 

Dabur Nepal
NIC Asia

पर्यटकको आगमनसँगै यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन् । कञ्चनजंघा प्रवेशद्वार फक्ताङलुङ गाउँपालिका–६ घुन्साका होटेल व्यवसायी पेमा शेर्पाले पर्यटकको चहलपहल बढेसँगै बन्द होटेल खुल्न थालेका बताए । 

विराटनगर, धरान, दमकलगायत सहरबाट पनि कञ्चनजंघा क्षेत्रमा आन्तरिक पर्यटक पनि आउन थालेका छन् । 
 
फक्ताङलुङ गाउँपालिका–६ का क्याप्ला, फले, घुन्सा, खाबाजेन, र लोनाकका स्थानीयको मुख्य आम्दानी पर्यटन व्यवसाय हो । कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को तथ्यांकअनुसार, कञ्चनजंघा हिमालको आधारशिविर जाने मार्गमा ५२ होटेल सञ्चालनमा छन् । 

फक्ताङलुङ गाउँपालिका—६ स्थित ग्याप्लामा सात करोडभन्दा बढीको लगानीमा बनेको सिंगीनामजोङ होटेल पनि सञ्चालनमा छ । यहाँका होटेलमा स्थानीयका उत्पादन खपत हुँदा उनीहरूको आर्थिक अवस्था सबल बन्दै गएको छ । 

पर्यटकका सहयोगीको मृत्यु
कञ्चनजंघा आधार शिविरतर्फ गइरहेको पर्यटक टोलीका एक सदस्यको ढुंगाले लागेर मृत्यु भएको छ । 

फक्ताङलुङ गाउँपालिका– ६ को जापानटार नजिक इलिफोक भन्ने ठाउँमा पहिरोसँगै खसेको  ढुंगाले लागेर सङ्खुवासभाको सिलिचोङ गाउँपालिका– ५ का टीकाबहादुर राईको निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त ठाउँमा पहिरो झरिरहेकाले प्रहरी चौकी लुङ्थुङबाट गएको टोलीले शव निकाल्न नसकेपछि थप सुरक्षाकर्मी परिचालन गरिएको छ । उक्त टोलीका अन्य सबै सदस्य सकुशल छन् । रासस
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  १३:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro