बाह्रखरी फोटो
काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले काठमाडौंमा प्रदर्शन गरेको छ ।
संघीयता खारेजी र हिन्दुराष्ट्र कायम गर्न माग गर्दै महाअभियानले प्रदर्शन गरेको हो । माइतीघर, बबरमहल हुँदै प्रदर्शन नयाँबानेश्वर पुगेर सभामा परिणत भएको थियो ।
प्रदर्शनमा सहभागी हरुले राजसंस्था र हिन्दुराष्ट्रसँग सम्बन्धित विभिन्न नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९ १४:२५
प्रतिक्रिया दिनुहोस्