काठमाडौं । आस्थाले लगातार दुई वटा दशैं मनाउन पाइनन् । विसं. २०७२ को दशैं अमेरिकामा मनाएकी उनले त्यसभन्दा अघिल्लो सालको दशैं कतारको दोहामा मनाएकी थिइन् ।
०७३ को दशैंले पनि उनका लागि उत्साह लिएर आउन सकेन । गत वर्ष घर र मामाघरको दुबै हजुरबुबा उनले गुमाइन् । त्यसैले गत वर्षको दशैं पनि उनका लागि खल्लो भयो ।
आस्थालाई सबैभन्दा धेरै मायाँ गर्ने हजुरआमाहरु नै विते पछि गतवर्ष उनको दशैं उत्साहप्रद हुन सकेन । लगातार घरमा दशैं मनाउन नपाएकी उनले ०७४ सालको दशैं भने खुलेरै मनाउन पाइएला भन्ने सोचेकी थिइन् । तर यो वर्षको दशैं पनि आस्थाका लागि सुखद बनेर आएन । यो साल पनि उनका आmन्त विते । दशैं सुनसान नै भयो । निधारभरी रातो टिका लगाएर शीरमा पहेँला जमरा लर्काएर हिँड्ने रहर रहरमै सीमित भयो ।
टिका लगाएर दशैं मनाउन नमिले पनि आस्था यसपटक भने घरमै छिन् । घटस्थापनाको भनोलिपल्ट धरानमा कन्सर्ट गरेर आएकी आस्थाले मंगलबार नवलपरासीमा सांगीतिक कार्यक्रम गरिन् । अहिले भने उनी घरमै छिन् ।
विदेशमा हुँदा पनि आस्थालाई दशैं रामै लागेको थियो । “दशैंमा घर बाहिर हुँदा केही नराम्रो त हुन्छ नै तर हामी कार्यक्रममा जाने भएकाले नेपाली दाजुभाई तथा दिदीबहिनीहरुसँग बसेर मनाउने भएकाले त्यती नराम्रो पनि हुँदैन । द्वहामा हुँदा मलाई कोमल ओली दिदी र राजेश हमालले दशैंमा टिका लगाइदिनु भएको थियो । उहाँहरुलाई नै मैले अभिभावक माने,” आस्था भन्छिन् ।
यो वर्ष दशैं नभए पनि भेटघाट गरेर मनाउने उनको योजना छ ।
“वास्तवमै दशैं भनेको केटाकेटीमै रमाइलो हुँदोरहेछ । अब म केटाकेटी पनि रहिन र केटाकेटी हुँदाको त्यो दशैं पनि रहेन । बच्चा हुँदा साँच्चै रमाइलो हुन्थ्यो दशैं । महिनौं अघिदेखि दशैं आउने दिन गनेर बसिन्थ्यो,” बाल्यकालीन दशैं सम्झदै उनी भन्छिन् ।
आस्थाका हजुरबुबा पञ्चायतकालको प्रधानपञ्च भएकाले उनको घर राउत परिवारकै मुल घर थियो । सबै टिका लगाउन आउँथे । आस्था पनि टिका लगाउँथिन् । आस्थालाई हजुरवामलाई निदारको वल्लो छेउदेखि पल्लो छेउसम्म भरी टिका लगाएदिन्थे । हुजुरबुवाले आशिर्वादसँगै दिने पैसाले खुसीको पारो एकै चोटी सगरमाथा चढ्थ्यो ।
“गाउँमा टिका लगाएर आशिर्वाद थाप्नेभन्दा पनि पैसा कति हुन्छ भनेर गइन्थ्यो । पैसा कति भयो भनेर गनिन्थ्यो । दशैं र तिहारको पैसा भेला पारेर पछि आमासँग भएर सपिङ्ग गर्थें । ति क्षण नै रमाइला हुन्थे,” आस्था भन्छिन्, “दशैंमा अरुको घरमा जस्तो आजकाल खसी भने हामी काट्दैनौं । दोलखा जाँदा भने काटिन्थ्यो । मेरो आमा साकाहारी भएकाले सकेसम्म मासुको परिकार हाम्रो घरमा बन्दैन । बुबा र म बाहिर गएर खान्छौं । मलाई पनि मारकाट गरेको मन पर्दैन । ”
“म सानोमा खसीलाई ‘मुनी म्याँ’ भन्थें । मलाई अरुले खसी किनेर ल्याएर घरमा ल्याएको देख्दा रहर लाग्थ्यो । मैले पनि ल्याएदिनु भनेर जिद्धी गरेपछि मलाई पनि ल्यादिनु भयो । त्यो ठूलो भएपछि काटेको देखेपछि मेरो रुवाबासी नै भयो । त्यहाँदेखी मलाई मारकाट गरेको मन पर्दैन,” आस्था भन्छिन् ।