site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
तनाव व्यवस्थापनका लागि चिकित्सक मनोविद् बिष्टको तीन सुझाव

काठमाडौं । पछिल्लो समय मानसिक समस्यादेखि, समाजमा आपराधिक क्रियाकलाप र आत्महत्याका घटना दिनप्रतिदिन बढ्दै गएका छन् । सन् २०२३ सुरु भएयता नेपालमा  दैनिक २० जनाले आत्महत्या गरिरहेका विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । 

आत्महत्याका विभिन्न कारणमध्ये व्यक्तिमा हुने तनाव सबैभन्दा ठूलो कारण देखिएको छ । यसको पछाडि विभिन्न व्यक्तिको स्वभाव, पारिवारिक समस्या, सम्बन्धमा उतारचढाव जस्ता कारणदेखि आर्थिक अभाव, बेरोजगारीजस्ता सामाजिक समस्या देखिएका छन् । 

व्यक्तिलाई मानसिक समस्या हुँदै आत्महत्यासम्म पुर्‍याउने तनावको व्यवस्थापन कसरी गर्ने त ? यस प्रश्नको उत्तर खोज्नका लागि बाह्रखरीले पाटन मानसिक अस्पतालका चिकित्सक मनोविद तृष्णा बिष्टसँग कुराकानी गरेको छ ।

पछिल्लो समय कस्ता कारणले गर्दा व्यक्तिमा मानसिक समस्या निम्त्याइरहेको छ ? 

पछिल्लो समय सामाजिक कारणले व्यक्तिमा धेरै तनाव र मानसिक समस्या निम्त्याइरहेको देखिन्छ । विशेषगरी कोभिड महामारीको संक्रमणपछि आर्थिकरुपमा व्यक्ति कमजोर हुँदा, व्यक्तिको आय आर्जनको बाटो खुम्चिँदा र बेरोजगारीलाई लिएर पनि धेरैमा मानसिक समस्या देखिएका छन् । 

Global Ime bank

यसबाहेक पारिवारिक सम्बन्धमा हुने खटपट, बालबालिकाहरुमा उमेरसँगै हुने विभिन्न सम्बन्धहरु, उनीहरुप्रति भएका दूर्व्यवहारका कारण टिन एजका बालबालिका र किशोरकिशोरीमा पनि यस्ता समस्या बढेको देखिन्छ ।

बालबालिकामा कस्ता घटनाले मानसिक समस्या निम्त्याएको पाइन्छ ?

विशेषगरी किशोरीहरुमा अभिभावकले पर्याप्त समय दिन नसक्दा हिंसाका घटनाहरु बढेको देखिन्छ । यस्ता किशोरीहरुमा कसैले थोरै माया, केयर वा सहयोग गरेमा उनीहरु छिट्टै प्रभावित हुनसक्ने र यही बहानामा दोस्रो व्यक्तिले यौन दूर्व्यवहार गरेको धेरैले बताउँछन् । 

त्यस्तै, उनीहरुले केही गल्ती गरिहाले पनि खुलेर भन्ने र उनीहरुका कुरा सुन्ने वातावरण धेरै परिवारमा हुँदैन । यसकारण उनीहरु भित्रभित्रै गुम्सिएर आफ्नै शरीरलाई हानी हुने क्रियाकलाप गर्ने र आत्महत्याका प्रयाससम्म गर्ने गरेको पाइन्छ ।

त्यसो भए किशोरावस्थाका छोराछोरीलाई अभिभावकले कस्तो व्यवहार गर्ने त ?

पहिलो कुरा त बालबालिकालाई बढीभन्दा बढी समय दिनुपर्छ । अर्को महत्वपूर्ण कुरा अभिभावक सँगै रहे वा नरहे पनि छोराछोरीलाई भएका समस्याहरु खुलेर भन्ने वातावरण बनाउनु पर्दछ । उनीहरुले गल्ती नै गरेको भए पनि हप्कीदप्की वा डर देखाउनेभन्दा पनि उनीहरुका कुरा सुनिदिने र समाधानका विकल्पहरुबारे छलफल गर्ने गर्नुपर्दछ ।

मानसिक तनाव व्यवस्थापनका उपायहरु के के हुनसक्छन् ?

सामान्यतः समस्या सबैका जीवनमा आउँछ । त्यसलाई कति ठाउँ दिने र कसरी समाधान गर्ने भन्नेमा हाम्रो ध्यानकेन्द्रित हुनुपर्छ, न कि त्यसलाई क्षणिक विधि प्रयोग गरेर पन्छाउने ।

तनाव व्यवस्थापनका लागि दैनिक जीवनमा प्रभावकारी हुने तीनवटा उपाय छन्– समस्याको कारण खोज्न लेखेर सूची बनाउन पनि सकिन्छ । समाधानका विकल्पहरु निकाल्ने र तीमध्ये आफूलाई सबैभन्दा फाइदा हुने विकल्पलाई समाधानको माध्यम बनाउने । आफूले मात्रै समाधान निकाल्न सकिएन भने नजिकका व्यक्तिहरुको सहयोग लिन सकिन्छ । विकल्पहरु तयार पारे पनि तिनलाई व्यवहारमा उतार्ने कार्यान्वयन गर्ने । यतिमात्रै पनि गर्न सकेमा तनावबाट टाढा रहन धेरै सहयोग हुन्छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  ०६:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu