site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
घटेको बजारमा आदर्श लघुवित्तका सेयरधनीले सर्वाधिक कमाए
Sarbottam CementSarbottam Cement

काठमाडौं । पछिल्लो समय नेप्से परिसूचक लगातार घट्न थालेको छ । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक १५.७० अंक घटेर २१११.६८ विन्दुमा बन्द भएको छ ।

घटेको बजारमा आदर्श लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । यस दिन यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४४ रुपैयाँ ९० पैसाले बढेर प्रतिकित्ता एक हजार ५९४ रुपैयाँ २० पैसा कायम भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

मंगलबार नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ । २५९ धितोपत्रको ७५ लाख ५३ हजार २३५ कित्ता सेयर दुई अर्ब ८२ करोड रुपैयाँमा खरिद–बिक्री भएको छ । सोमबार तीन अर्बभन्दा बढीको सेयर कारोबार भएको थियो ।

आज रिडी पावर कम्पनीको सर्वाधिक रकमको सेयर खरिद–बिक्री भएको छ । यो कम्पनीको १९ करोड २० लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) जनाएको छ ।

Global Ime bank

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये हाइड्रोपावर समूहको परिसूचक बढेको छ । यो समूहको परिसूचक ०.०२ प्रतिशतले वृद्धि भएको छ । सर्वाधिक परिसूचक घट्नेमा लगानी समूह रहेको छ । यो समूहको परिसूचक १.३१ प्रतिशतले घटेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १६:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement