site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
२०२३ मा सुखद सुरुआतको चाहना तर वास्तविकता निकै खराब
Sarbottam CementSarbottam Cement

काठमाडौं । लिभरपुलका समर्थकको अपेक्षा साकार नभए पनि पछिल्लो वर्ष यही समयमा इंग्लिस फुटबलको अभुतपूर्व ‘क्वाड्रापल’ जित्ने सपनाको नजिकको साक्षी बन्दै थिए । यद्यपि, लिभरपुलका समर्थकको यो सपनाले सफलता पाएन ।

पछिल्लो सिजन ऐतिहासिक सफलताको नजिक रहेको लिभरपुलको जारी सिजनको कहानी भने निकै फरक छ । योर्गानको क्लोपको प्रशिक्षणमा रहेको लिभरपुल एउटा उपाधि जित्ने सम्भावनाबाट पनि तल झरिसकेको छ । र, लिगमा शीर्ष चारमा पर्न पनि संघर्षरत छ । लिभरपुल जारी सिजनमा प्रिमियर लिगको नवौं स्थानमा छ । जुन शीर्ष स्थानको आर्सनलभन्दा २१ अंक पछि हो । अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सपनालाई कायम राख्न शीर्ष चारमा पुग्नुपर्छ । तर, यसका लागि लिभरपुल १० अंकले पछि छ । आइतबार ब्राइटनसँग नाटकीय पराजय बेहोरेपछि लिभरपुलको एफए कपको उपाधि रक्षा यात्रामा पनि पूर्णविराम लागिसकेको छ ।

पछिल्लो केही हप्तायता लिभरपुलले ब्राइटनसँग पराजय बेहोरेको यो दोस्रो पटक हो । ब्राइटन लिगमा पनि लिभरपुलभन्दा तीन स्थान माथि छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“यो सिजन कतै पनि राम्रो हुन सकिरहेको छैन,” काओरु मिटोमाले इन्जुरी समयमा गरेको उत्कृष्ट निर्णायक गोलमा ब्राइटनसँग पराजय बेहोरेपछि लिभरपुलका कप्तान एन्डी रोबर्टसनले भने ।

liverpool1675124864.jpg

Global Ime bank

“सिजनको सुरुमा हामी नयाँ सुरुआत चाहन्थ्यौं । तर, आशाअनुरुप हुन सकिरहेको छैन । हामी निकै खराब स्थितिमा छौँ । लिगमा हामी राम्रो देखिरहेका छैनौँ । अहिले हामी दुवै कपबाट बाहिरिएका छौँ ।”

लिभरपुलमा के गलत भइरहेको छ ?
पछिल्लो सिजनको ‘क्वाड्रापल’ यात्राको थकित तालिकाले पक्कै पनि लिभरपुलको संघर्षमा  भूमिका खेलेको छ । ६३ खेलको सिजन र प्रत्येक खेलको दबाब कुनै पनि टिमलाई प्रभावित बनाउन र संघर्षमा राख्न यत्ति नै पर्याप्त छ । यसको प्रभाव मनोवैज्ञानिक र शारीरिक दुवै रुपमा देखिन्छ । यो कुरालाई लिभरपुलका मिडफिल्डर थियागो अल्कान्टाराले पनि स्वीकार गरेका छन् । उनले हालैमात्र चार उपाधिको नजिक रहँदा लिग कप र एफए कपको उपाधि जित्दा प्रिमियर लिगको अन्तिम दिन र च्याम्पियन्स लिगको फाइनलमा पराजित हुनु स्वीकार गर्न निकै गाह्रो कुरा रहेको प्रतिक्रिया दिएका थिए ।

इन्जुरी पनि लिभरपुलको खराब सिजनको प्रमुख कारक तत्व हो । यस सिजन क्लोपले कठिनले आफ्नो उत्कृष्ट–११ लाई मैदान उर्तान पाएका छन् । यस अवधिमा पेरिसमा भएको रियाल मड्रिडविरुद्धको रक्षापंक्ति एकपटक मात्र एकसाथ मैदान उत्रिएको छ ।

फरवार्ड मोहम्मद सालाह पछिल्लो सिजनको जस्तो प्रभावकारी देखिएका छैनन् । पछिल्लो सिजन फरवार्ड लाइनमा मोहम्मद सालाहसँगै रहेका अरु दुई निकै खतरनाक सावित भएका थिए । रोवर्टो फिर्मिन्हो र बायर्न म्युनिखमा अनुबन्धित भएका साडियो माने प्रभावकारी देखिएका थिए ।

पछिल्लो जनवरीमा पोर्टोबाट लिभरपुल अनुबन्धित भएका लुइस डियाज निकै प्रभावशाली देखिएका थिए । तर, हाल उनी घाइते छन् । ८५ मिलियन पाउन्डमा अनुबन्धित भएका डार्विन नुनेज आशाअनुरुपको प्रभावकारी सावित भएका छन् ।

पछिल्लो सिजन ‘क्वाड्रापल’को नजिक पुग्न महत्वपूर्ण सावित भएका लिभरपुलको मिडफिल्डर यस सिजन सोही लयलाई निरन्तरता दिन कठिन मिहिनेत गरिरहेको छ । युवा मिडफिल्डर न्याबी केइटा र एलेक्स अक्सलेड क्यामबर्लिन पनि एकरुपका साथ एन्फिल्डमा प्रभाव देखाउन सकेका छैनन् ।

क्लोपले ब्राइटनविरुद्ध नियमित कप्तान जोर्डन हेन्डरसनको स्थानमा स्टेफानो बाजसेटिकलाई उतार्दा उपकप्तान जेम्स मिल्नर, स्टालवार्ट फाबिन्हो र अक्सलेड क्यामबर्लिनलाई पनि पहिलो रोजाइमा राखेनन् । तर पनि यो टिम र प्रशिक्षकसँग सन् २०२३ मा खेलेका ६ खेलमध्ये एक खेलमात्र जितेको वास्तविकताभन्दा पक्कै पनि धेरै क्षमता छ । “यसमा कसैले पनि कोही खेलाडीप्रति औला देखाउन सक्दैनन् । हाम्रो वर्तमान योभन्दा ठूलो कुराको परिणाम हो,” रोबर्टसनले थपे, “हामी गोलमा पूर्ण विश्वस्त देखिएका छैनौँ । र, रक्षापंक्तिमा पनि टिम केही खुला देखिएको भने भन्न सकिन्छ । आजको खेलभन्दा अघि हामीले दुई क्लिन सिट राखेका थियौं । तर, आज हामीले दुई गोल बेहोर्यौं ।”

उनी आफ्नो विश्वास फर्काउन आवश्यक रहेको बताउँछन् । “यो गरेर देखाउँन भन्दा भन्न सजिलो छ । हामीले हाम्रो विश्वास फिर्ता ल्याउन सकेमा मात्र आगामी दिनमा सकारात्मक नतिजा प्राप्त गर्न सक्छौं,” उनले अगाडि थपे । 

Untitled1675124925.jpg

लिभरपुलले अरु महिनामा प्रवेश गर्नुअघि आफ्नो विश्वास फिर्ता ल्याउन आवश्यक  छ । फेब्रुअरीमा लिभरपुलले एकै सहरको अर्को प्रतिद्वन्दी एभर्टनविरुद्ध, च्याम्पियन्स लिगमा छनोट हुने लक्ष्यसाथ अघि बढिरहेको न्युक्यासल युनाइटेड र च्याम्पियन्स लिगमै साविक विजेता रियाल मड्रिडविरुद्ध खेल्दै छ । 

ब्राइटनविरुद्धको खेलमा केही सकारात्मक कुराहरु देखिए पनि आफ्नो टिमले अझै धेरै कुराहरुमा सुधार गर्न आवश्यक रहेको क्लोप बताउँछन् । “हामीले शारीरिक हाउभाउमा पनि सुधार गर्न आवश्यक छ । केही केटाहरूले अझ धेरै राम्रो गर्न आवश्यक छ,” क्लोपले भने, “पछिल्लो पटक यही भएको खेलमा हामीले जित निकाल्न सकेका थिएनौं । तर, आज हामीले जितेको भए त्यसमा आश्चर्य मान्नुपर्ने कुनै कारण हुँदैनथ्यो ।”

एफए कप ‘टाई’भन्दा पहिले क्लोपले लिभरपुलको संघर्षबीच आफ्नो बचाउ गरेका थिए । क्लोपले आफू रातारात खराब प्रबन्धक बन्न नसक्नेमा जोड दिएका थिए । तर, ‘क्वाड्रापल’ जित्ने लिभरपुलको इतिहासमा सबैभन्दा ठूलो अभियानमध्येको यसपछिको नयाँ सिजन खराब हुनु लिभरपुलका लागि सबैभन्दा सबैभन्दा ठूलो निराशा बन्न सक्नेछ ।
(बीबीसीमा प्रकाशित स्टोरीको भावनुवाद)

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  ०६:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC