राजनीति
काठमाडौं । नेकपा (एमाले)का सांसद देवराज घिमिरेलाई सभामुख बनाइयोस् भन्ने प्रस्तावमा मत विभाजन सकिएको छ । घिमिरेलाई सभामुख बनाइयोस् भन्ने प्रस्तावको पक्षमा १६७ मत परेको छ । विपक्षमा १०० मत परेको छ ।
विपक्षमा परेको मत नै नेपाली कांग्रेसका तर्फबाट सभामुख पदको उमेदवार रहेकी ईश्वरीदेवी न्यौपानेका लागि आउने मत हो । घिमिरेलाई सभामुखमा गरिएको प्रस्तावका पक्षमा बहुमत जुटेकाले न्यौपानेको प्रस्तावमा मत विभाजन गर्नु नपर्ने भएको छ ।
मत विभाजन सकेर मत सच्याउन तीन मिनेटको समय दिइएकामा कसैले सच्याएनन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा २६८ सांसद उपस्थित थिए ।
प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९ १५:१५
प्रतिक्रिया दिनुहोस्