site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘फिक्सिङ’ र विवादमै सकियो नेपाल टी–२० लिग, समापन समारोह झन् खल्लो
SkywellSkywell

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) नेतृत्वले सबैभन्दा महत्त्वकांक्षी भनेको नेपाल टी–२० लिग ‘स्पट फिक्सिङ’ जस्तो गम्भीर आरोपमा फसेपछि बुधबार सम्पन्न प्रतियोगिताको समापन समारोह निकै खल्लो बन्यो । 

पुस ९ गतेबाट भएको प्रतियोगितालाई क्यानले नेपाली क्रिकेट इतिहासकै सबैभन्दा भव्य प्रतियोगिता हुने भनेको थियो । तर, पटकपटक मिति सारिएर गरिएको प्रतियोगिता विवादै विवादमा मुछियो । तर, प्रतियोगिताअघिसम्म आलोचकप्रति आक्रामक क्यान नेतृत्व एकाएक रक्षात्मक बनेको छ । यतिसम्मकि सञ्चारमाध्यमका प्रश्नको सामना गर्न नसक्ने अवस्था पुगेको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा विराटनगर सुपर किङ्ग्सलाई २४ रनले पराजित गर्दै लुम्बिनीले उपाधि जित्यो । 

KFC Island Ad
NIC Asia

सबैभन्दा प्रतिष्ठित र भव्य बनाउने भनिएको टी–२० लिगको समापन समारोहमा क्यानका केही पदाधिकारीबाहेक अन्य कोही पनि अतिथि देखिएन । लिगको समापन समारोहमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव प्रशान्तविक्रम मल्लसँगै क्यानका सदस्यहरू मात्र थिए । क्यानको रणनीतिक तथा व्यावसायिक साझेदार ‘सेभेन थ्री स्पोर्ट्स’को समेत कोही प्रतिनिधि त्रिवि मैदानमा उपस्थित थिएनन् ।

विजेता टिम लुम्बिनीलाई अध्यक्ष चन्दसँग क्यानका अन्य प्रतिनिधिहरूले उपाधि ट्रफी वितरण गरेका थिए । त्यसो त विजेताले पाउने ट्रफी पनि विवादबाट बाहिर रहन सकेन । नेपाल टी–२० लिगको सामाजिक सञ्जालमा विजेताले पाउने भनेर आईसीसी ट्वान्टी–२० विश्वकप ट्रफीकै ढाँचामा रहेको ट्रफी सार्वजनिक गरेको थियो । तर, बुधबार भने विजेता टिमलाई प्रधानमन्त्री कप तथा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्धको एकदिवसीय शृंखलाका बेला दिइएको जस्तै ट्रफी थियो ।

Royal Enfield Island Ad

विवादै विवादको प्रतियोगिता 

क्यानले वैशाखमा प्रतियोगिताको घोषणा गर्दादेखि नै लिग विवादमा फसेको थियो । लिगका लागि सेभेन थ्री स्पोर्ट्सँग बोलपत्र आह्वानबिना नै रणनीतिक तथा व्यावसायिक साझेदारको रूपमा सम्झौता गर्नु, लिगको घोषणा गरेपछि क्यानले अन्य प्रतियोगितालाई राष्ट्रिय लिगको मान्यता नदिनुजस्ता निर्णयबाट विवाद शृङ्खला सुरु भएको थियो । 

प्रतियोगिताको सुरुदेखि नै ‘फिक्सिङ’को आशंका गरिएपनि अघिल्लो मंगलबार प्रतियोगिता कमेन्ट्री गरेका सचिन तिमल्सिनाले लिगमा आफूले ‘स्पट’ फिक्सिङको अनुभव गरेका बताउँदै आफू लिगबाट बाहिरिएको घोषणा गरेका थिए । सोही दिन काठमाडौं नाइट राइडर्स र विराटनगर सुपर किङ्सले सम्झैताअनुसार पारिश्रमिक नपाएको भन्दै टस गर्न मानेनन् । त्यसपछि लिगको विवाद चरमोत्कर्षमा पुगेको थियो ।

सोही खेलपछि काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लले पनि आफ्ना टिमका एक खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको खुलाएका थिए । 

 

लिग खेल्न आएका विदेशी खेलाडीहरूले श्रम स्वीकृति र अनुमतिबिना नै लिग सञ्चालन भइरहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको थियो । यसका लागि आयोगले सात दिनभित्र सम्बद्व कागजातसहितको राय प्रतिक्रियाका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई पत्र काटेपछि राखेपले पाँच सदस्यीय छानविन समितिसमेत गठन गरेको छ । 

बुधबारै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धानका क्रममा स्पट फिक्सिङको स्पष्ट प्रमाण फेला पारेको बताएका छन् । 

तीन निकायको अनुसन्धानमा लिग 

लिगमा स्पट फिक्सिङ र फिक्सिङका कुरा बाहिरिएपछि क्यान राष्ट्रिय खेलकुद परिषद्, गृह मन्त्रालयले छानबिनका लागि पत्र काटेपछि सीआईबी र विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीको समेत अनुसन्धान घेरामा तानिएको छ । लिगमा देखिएको मिलोमतो प्रकरणबारे बुझ्न आईसीसीले एन्टी करप्सन युनिट (एसीयू)का दुई सदस्यलाई नेपाल पठाएको थियो । उनीहरूले कीर्तिपुर नै पुगेर मैदानमा खेलाडीहरू र अम्पायरहरूसँग र राखेप कार्यालयमा सदस्यसचिव टंकलाल घिसिङ पनि यसबारे छलफल गरेका थिए ।

प्रारम्भिक अनुसन्धानमा सीआईबीले त लिगमा ‘स्पट’ फिक्सिङ भएको र यसमा तीन नेपाली र चार विदेशी खेलाडी संलग्न रहेको खुलाइसकेको छ । सीआईबीले यसमा नेपालका एक पूर्वराष्ट्रिय क्रिकेटरले लिगमा ‘स्पट’ फिक्सिङका लागि केही खेलाडीलाई प्रस्ताव गरेको समेत दाबी गरेको छ ।

समग्रमा लिग राम्रो हुन सकेन– दीपेन्द्रसिंह ऐरी

बुधबार आफ्नो कप्तानीमा पहिलोपटक फ्रेन्चाइज लिगको उपाधि जिताएपनि लुम्बनी अल स्टारका कप्तान दीपेन्द्रसिंह ऐरीले समग्रमा लिग राम्रो हुन नसकेको प्रतिक्रिया दिए ।

“ओभरअल त त्यस्तो राम्रो भएन । ठिक टाइममा अर्को टिम पुगेको छैन । कहिले पैसाको इस्यू छ । कहिले यो त्यो भनेर समग्रमा राम्रो भएन । तर, हाम्रो टिममा त्यस्तो केही समस्या थिएन,” दीपेन्द्रले भने ।

यस्तै, विराटनगरका कप्तान रोहितकुमार पौडेलले पनि “लिग राम्रो भएपनि अझ राम्रो बनाउँन सकिन्थो” भन्ने प्रतिक्रिया दिएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २७, २०७९  १९:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro