site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
सेलिब्रिटी कार्ड वितरण गर्ने तयारीमा बोर्ड    
Sarbottam CementSarbottam Cement

काठमाडौं । चलचित्र निर्माता संघले नाम मात्रको सेलिब्रिटी कार्ड मान्य नहुने जनाएको छ । चलचित्र विकास बोर्डले सेलिब्रिटी कार्ड वितरण गर्ने भन्दै लिखित सुझाव मागसहित पत्राचार गरेपछि संघले सुविधायुक्त कार्ड मात्र मान्य हुने सुझाव दिएको हो ।

विकास बोर्डले यसअघि विशिष्ट श्रेणीका कलाकारको परिचयपत्र उपलब्ध गराएको आधारमा राज्यबाट विभिन्न सुविधा प्राप्त गर्ने जनाएको थियो । तर, त्यो खासै कार्यान्वय भएको थिएन ।

“यसअघि पनि विशिष्ट श्रेणीका कलाकारको परिचयपत्र प्राप्त कलाकारलाई राज्यले सुविधा दिने भनेको थियो । तर, त्यो कार्यान्वयन नै हुन सकेन,” चलचित्र निर्माता संघका महासचिव सुनीलकुमार थापाले भने, “त्यस्तै हो भने यसको काम छैन । तर, यसलाई गम्भीरताका साथ लिएर कार्यान्वयन गर्ने हो भने यो पारदर्शी र काम गर्ने कलाकार मात्रै यो र्गीकरणमा पर्नुपर्ने हाम्रो सुझाव छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

तीस वर्ष काम गरेको व्यक्तिलाई विशिष्ट श्रेष्णीको कलाकारको परिचयपत्र दिने भनिए पनि त्यो पारदर्शी नभएको भन्दै धेरैको गुनासो रहेको थियो । संघले यस विषयमा निष्क्रिय भएका व्यक्तिभन्दा पनि सक्रिय व्यक्तिलाई समेटिनुपर्ने सुझाव दिएको छ ।

“एउटा चलचित्र बनाएको वा खेलेको भरमा सेलिब्रिटी कार्ड लिनु भएन । कम्तीमा पछिल्लो तीन वर्षमा चलचित्रमा काम गरेको हुनुपर्छ भन्ने हाम्रो सुझाव छ,” सुनील भन्छन्, “सेलिब्रिटी कार्ड दिएर मात्रै हुँदैन, त्यसको कार्यान्वयन पनि हुनुपर्छ । विमानस्थलमा भीआईपीकक्ष प्रयोग गर्न पाउनुपर्छ भन्ने संघको सुझाव छ ।”

Global Ime bank

सेलिब्रिटी पास देखाएर सिंहदरबारमा सहजै प्रवेश पाउनुपर्ने माग पनि संघको छ ।

बोर्डले केही संशोधन तथा परिमार्जन गर्दै सेलिब्रिटी कार्डको व्यवस्था गर्न लागेको छ । सेलिब्रिटी कार्ड पाउने कलाकारको नाम गोरखापत्रमा नै निकालेर नै कार्यान्वयन गर्ने तयारीमा बोर्ड रहेको बताइएको छ ।

यो पनि पढ्नोस्–

यी कलाकार जसले विमानस्थलको भीआईपी कक्ष प्रयोग गर्न पाउनेछन्
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २३, २०७९  १०:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC