site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सधैँ विवादमा आइरहने नगरप्रहरी प्रमुख पाण्डे ! सुत्केरी बिदा पनि नदिने, तल्ला कर्मचारीलाई दबाब दिने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । पछिल्लो समय काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डे विवादित बनेका छन् । 

सुत्केरी नगरप्रहरीलाई बिदा नदिएको र संगठनभित्रका नगरप्रहरीमाथि ‘अत्याचार गरेको’ आरोप उनीमाथि परेको छ ।

केहीदिन पहिले ३० वर्षदेखि नगरप्रहरी सेवामा काम गर्दै आएका सई लोकनाथ चुडालले एसपी पाण्डेका शृङ्खलावद्ध विवादित घटनाहरुलाई खुलाएका थिए । जुन भिडियो सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा भाइरल छ । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै नगरप्रहरी हवल्दार गंगा उपे्रती सुत्केरी हुँदा एसपी पाण्डेले बिदा नदिएको समेत खुलेको छ ।  उप्रेती सुत्केरी भएको बेला एसपी पाण्डेले बिदा नदिएको र उल्टै धाकधम्की दिएको खुलेको थियो । 

उप्रेतीले सुत्केरी बिदा नपाएपछि गत मंसिर ९ गते एसपी पाण्डेविरुद्ध ‘न्याय पाउँ भन्दै,’ महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीसमक्ष निवेदन दिएकी थिइन् । 

Global Ime bank

उक्त निवेदनमा एसपी पाण्डेले सुत्केरी बिदा नदिइ ती महिलालाई ‘तैँले मेरो बच्चा पा’को होस् र, तैँले जस्तो भन्यो त्यस्तै डिउटी मिलाउनलाई । जागिर खान मन भए बच्चा घरमै छोडेर आउने मन नभए  राजीनामा दिने,’ भन्दै धम्की दिएको निवेदनमा उल्लेख गरेकी थिइन् । 

‘आफूले रहरले पाएको बच्चा आफैँ हुर्काउने, आफैँ काम गर्ने, १२ घण्टा ड्युटी गर्न नसक्ने भए राजीनामा दिएर जानू’ भन्दै आफूलाई एसपी पाण्डेले थर्काएको उजुरीपत्रमा उल्लेख छ ।

आफू यस्तो यातना सहेर नबस्ने र राजीनामा दिन खोज्दा पनि नलिएको र उल्टै थर्काएको उनको आरोप छ ।

उप्रेती भन्छिन्, “हुनेभए पहिल्यै भइहाल्थ्यो । अहिले केही पनि बोल्दिनँ । नानी साथमा छ ।” 

उप्रेती गत वर्ष माघ महिनामा सुत्केरी भएकी थिइन् ।

महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले विवादित नगरप्रहरी प्रमुख धनपति सापकोटालाई हटाएर पाण्डेलाई नियुक्ति दिएका थिए । 

पछिल्लो समय एसपी पाण्डेले राम्रो काम गरेको चर्चा पनि हुँदै आएको थियो । 

सोही आधारमा गत मंसिर २९ गते पाण्डेलाई महानगरले एक लाख राशिको ‘महानगर गौरव पदक’ बाट सम्मान गर्यो ।  

एसपी पाण्डेले आफूमाथि लागेको आरोप पुष्टि भए ठाउँको ठाउँ राजीनामा दिने दाबी गर्दै आएका छन् । कर्मचारीलाई सरकारी नियम अनुसार नै सुत्केरी बिदा, घरायसी बिदा, बिरामी बिदा स्वीकृत हुँदै आएको उनको भनाइ छ । 

उनले आफूमाथि लागेको आरोप गैरजिम्मेवार र अराजक रहेको पनि स्पष्ट पार्दै आएका छन् । यस्तो बिनाकामको झमेलामा आफू नपर्ने उनले बताए । 

नगरप्रहरी एसपी पाण्डेमाथि छानबिन सुरु भइसकेको महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले बताए । 

“महानगरद्वारा गठित छानविन समितिले अनुसन्धान सुरु गरिसकेको छ । यदी कोही पनि दोषी देखिए कारबाही गरेरै छाड्छौँ,” उनले भने । 

उनले नगरप्रहरी उप्रेतीमाथि अन्याय भएको भए कुनै पनि हालतमा कारबाही गरेरै छाड्ने पनि बताए । 

“हवल्दार उप्रेतीले औपचारिक रुपमा राजीनामा दिएकी होइनन् । गुनासो निवेदन दिएकी हुन् । गुनासो आएपछि हामीले न्याय दिलाउने भन्दै उनका सबै गुनासा सुन्यौँ । त्यसपछि यही काम गर्नु भनेर ‘कन्भिन्स’ गरायौँ । उहाँले प्रशासनमै काम गरिरहनुभएको छ । राजीनामा दिनु भएको छैन,” अधिकारीले भने । 

महिलामाथि अन्याय भएको भए जोकोहीलाई कारबाही गर्न महानगर पछि नहट्ने अधिकारीले बताए । 

“उहाँ एक महिला हुनुहुन्छ । उहाँमाथि अन्याय हुन दिदैनौँ । यस्तो हुनु राम्रो होइन । यसबारे एसपी पाण्डेलाई सोधनी गरेका छौँ,” उनले भने । 

औपचारिक रुपमा राजीनामा दिनु र गुनासो निवेदन आउनु फरक कुरा रहेको पनि अधिकारीले स्पष्ट पारे । 

उनका अनुसार असन्तुष्टिका कारण दिएको राजीनामा स्वीकृत हुँदैन ।  राजीनामा स्वीकृत हुनको लागि राजिखुसी हस्ताक्षर हुनुपर्छ ।  

त्यस्तै सइ चुडालले सेतो घर बनाउने बेला नगरप्रहरीले २ लाख ५० हजार घुस खाएको बताएका थिए । 

एसपी पाण्डेले सामान्य गल्ती हुँदा पनि राजीनामा दे, जुनियर कर्मचारीलाई सेटमै लात हाल्नलगाउने लगायतका गतिविधिहरु गरेको खुलासा गर्दै राजीनामा दिएका थिए ।  

अधिकारीका अनुसार चुडालको राजीनामा स्वीकृत भइसकेको छ । 

“चुडालको राजीनामा स्वीकृत भइसकेको छ । राजीनामा दिँदा बोलाएर सम्झाएका हौँ । तर नमानेर राजीखुसी राजीनामा दिएर गएका छन् । उनले नगरप्रहरीभन्दा नागरिक तहमा आफ्नो जिम्मेवारी बढ्ने बताएका छन्,” उनले भने, “नागरिक तहबाट हाम्रा गल्ती कमजोरी औँल्याइदिनुस्, सुझाव दिनुहोस् । सहजै ग्रहण गर्छौँ ।”
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९  ०९:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement