site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पार्किङका लागि खुलामञ्चको विकल्प हुन सक्छन् यी क्षेत्र
Sarbottam CementSarbottam Cement

काठमाडौं । खुलामञ्चमा ट्रिपल अन्डरग्राउन्ड पार्किङ निर्माण गर्ने काठमाडौं महानगरको निर्णयबारे अहिले विभिन्न कोणबाट बहस भइरहेको छ । ऐतिहासिक, राजनितिक र सांस्कृतिक महत्त्व बोकेको खुलामञ्चलाई खुला नै रहनदिनुपर्ने तर्क बलियो देखिन्छ । पार्किङको विकल्प रोज्नुपर्ने तर्क अभियन्ताहरूको माग छ ।

त्यसो भए पार्किङका लागि उपयुक्त विकल्प कहाँ हुनसक्छ त ?

पुरानो बसपार्क  
पुरानो बसपार्क रहेको स्थानमा अहिले भ्युटावर निर्माण भइरहेको छ । टावर निर्माणमा ढिलाइ हुँदा त्यहाँको पार्किङ कहिले खुल्ने भन्नेबारे टुंगो छैन । 

Prabhu Bank
Agni Group
NIC Asia

०७१ फागुन २२ गते काठमाडौं महानगरपालिका र जलेश्वर स्वच्छन्द विकोई विल्डर्स जेभी प्रालिबीच पुरानो बसपार्कमा भ्यूटावर निर्माण गर्ने सम्झौता भएको थियो । 

त्यसैअनुरूप २९ तलाको भ्यूटावर बनाउने योजना बनाइएको थियो । पछि २०७२ साल वैशाख १२ गते भूकम्प गयो । भूकम्पपछि सरकारले सहरी क्षेत्रका भवनहरू १२ तलाभन्दा माथि नबनाउने मापदण्ड बनायो । त्यसै अनुसार महानगरपाले १२ तले बनाउने गरी योजना पारित गरेको थियो । 

Global Ime bank

निर्माणाधीन भ्यूटावरको ठाउँमा रहेको पुरानो बसपार्कलाई खुलामञ्चमा सारेर २०७२ साल कात्तिक २२ गते भ्यूटावर निर्माण सुरु गरिएको थियो । निर्माणाधीन भ्यूटावर चार अर्ब ७० करोड रूपैयाँ लागतमा निर्माण भइरहेको छ ।

कुल २३ रोपनी पाँच आना क्षेत्रफल फैलिएको काठमाडौं भ्यूटावर सबैभन्दा तल्लो तलामा बसपार्क स्थापना गरिने सम्झौता भएको थियो । दोस्रो तलामा गाडी पार्किङ स्थल, माथिल्ला तलाको ४० प्रतिशत भूभागमा स्तम्भ र अन्य तलाहरू व्यापारिक प्रयोजनामा ल्याइने योजना छ । 

तर, ठेकेदार कम्पनीको ढिलासुस्तीले विगत सात वर्षदेखि सवारी चालकहरूले हैरानी खेप्दै आएका छन् । यसले काठमाडौंको सवारी व्यवस्थापन अस्तव्यस्त बनेको छ । 

खुलामञ्चमा सारिएको पुरानो बसपार्कबाट सञ्चालनमा आउने ४० वटा कम्पनीका ६०० सवारी सडकमै पिक एन्ड ड्रप गर्छन् ।

धरहराको 'अत्याधुनिक पार्किङ' 
सुनधारास्थित धरहराको बेसमेन्टमा पनि अत्याधुनिक अन्डरग्राउन्ड पार्किङ बनाउने सम्झौता गरिएको थियो । सुनधारा, न्युरोड, रत्नपार्क लगायतमा क्षेत्रमा गुड्ने सवारी साधनले सशुल्क पार्क गर्न मिल्ने गरी सम्झौता भएको थियो ।

तर विभिन्न विवादका कारण पुनर्निर्माणको काम सम्पन्न भएको छैन । ठेकेदार कम्पनीले सुनधारामा पानी आउने ऐतिहासिक काठको डुँड भाँचिदिएपछि पुनर्निर्माणको काम ठप्प छ ।

कम्पनीका प्रोजेक्ट म्यानेजर सञ्जय नकर्मीका अनुसार धरहराको बेसमेन्टसहित तीन तलामा २४४ वटा गाडी र ७५८ वटा मोटरसाइकल र स्कुटर अट्ने पार्किङ स्थल निर्माण गरिँदै छ । नकर्मीले पार्किङ सशुल्क हुने पनि बताए । 

धर्मपथमा महानगरकै स्वामित्वमा रहेको जग्गा
महानगरका तत्कालीन मेयर विद्यासुन्दर शाक्यकै पालामा महानगरको स्वामित्वमा रहेको धर्मपथको एक रोपनी १५ आना जमिनमा बहुतले बेसमेन्टसहित ६ तलाको पार्किङस्थल निर्माण गर्ने योजना अघि सारिएको थियो । 

सो ठाउँमा एकैपटकमा ७०० भन्दा बढी सवारीसाधन पार्क गर्न सकिने महानगजगरले जनाएको थियो । तर पछि कानुनी अड्चन देखाउँदै पार्किङस्थल निर्माण प्रक्रिया रद्द गरिएको थियो । 

उपत्यकाको सवारी चापलाई मध्यनजर गर्दै २०७३ सालदेखि नै धर्मपथमा पार्किङ निर्माणको काम अघि बढाइएको थियो । यो विकल्पमा पनि महानगरले अध्ययन गर्न सकेको छैन । 

काठमाडौं मलको दुईतला पार्किङ 
महानगरको डोजर ‘एक्सन’पछि काठमाडौं मल नै अवैध रहेको खुलासा भएको थियो । दुईतला पार्किङ प्रयोजनमा ल्याउने गरी नक्सा पास गरिएको तर व्यापारिक प्रयोजनमा ल्याएको खुलेको हो । 

महानगरका सूचना अधिकारी वसन्त आचार्यका अनुसार भवन निर्माण हुने बेला दुई तलामा पार्किङ गर्ने भनी नक्सा पासका लागि पठाइएको थियो  । 

तर, नक्सा पास हुन सकेन । त्यसपछि मल सञ्चालकले दुई तलामा पार्किङ प्रयोजन गर्नुपर्ने कुरालाई सच्याएर एक तलामात्रै पार्किङ प्रयोजनमा ल्याउने भन्दै महानगरमा संशोधन पठाएको थियो । तर, महानगरमा नक्सा पास गरेको देखिएको थिएन । 

महानगरले मलको अवैध संरचना डोजर चलाएपछि भवनको दुई तला पार्किङ प्रयोजनमा ल्याउने सहमति भएको थियो । तर अहिलेसम्म पनि मलको दुई तला पार्किङ प्रयोजनमा आउन सकेको छैन । महानगरका नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेका अनुसार मलको पार्किङ सञ्चालनबारे छलफल जारी छ । 

महानगरले समन्वय गर्न सक्ने सम्भावित क्षेत्रमा पहल नै गर्न सकेको छैन । महानगरको कृषि तथा वातावरण विभागको कार्यालय रहेको टुकुमा पनि प्रशस्तै जग्गा छ ।

टेकु, कालीमाटी, त्रिपुरेश्वर लगायतका क्षेत्रको सवारी आवागमन सहजीकरणका लागि पार्किङ प्रयोजनमा ल्याउन सकिन्छ । 

विकल्प खोज्दै आन्दोलित व्यापारी 
महानगरले विकल्प नदिएको भन्दै अनामनगर, बानेश्वर, बागबजार लगायतका क्षेत्रका व्यापारीहरू लामो समयदेखि आन्दोलित छन् ।

पुस ४ गते सोमबार महानगरले सडक पार्किङ उठाउँदा अनामनगरमा नगरप्रहरीको गाडी स्थानीयले ४ घण्टासम्म कब्जामा लिएका थिए । त्यतिबेला महानगरका नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले निजी जग्गामा पार्किङ गर्न पनि नक्सा पास चाहिने अभिव्यक्ति दिएका थिए । 

महानगरले विकल्प नदिएर पटक–पटक आफूहरूमाथि ज्यादती गरेको स्थानीयले बताउँदै आएका छन् ।

व्यापारिक कम्प्लेक्सहरूले टेरेनन् ! 
व्यापारिक कम्प्लेक्सका अन्डरग्राउन्ड खाली गर्न डोजरसहित बालेन आफैँ मैदानमा उत्रिएका थिए । करिब १५० भन्दा बढी व्यापारिक कम्प्लेक्समा डोजर चलेपनि पार्किङमा सुधार आएन । 

व्यापारिक कम्प्लेक्सहरूले चर्को शुल्क असुल्ने हुँदा सवारी चालकले पार्क गर्न मान्दैनन । यसमा पनि महानगरले समन्वय गर्न सकेको छैन । महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार मुल्य समायोजन व्यापारिक कम्प्लेक्सहरूले सशुल्क पार्किङ गर्न सेवा दिइरहेका छन् । 

अधिकाशं व्यापारिक कम्प्लेक्सहरूले चर्को शुल्क असुल्ने गरेको गुनासो आएको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए । आफूहरूले व्यापारिक कम्प्लेक्समा हुने सशुल्क पार्किङ समायोजन गर्ने तयारी गरेको मानन्धरको भनाइ छ । 

गत कात्तिक २९ मंगलबार महानगरका मेयर बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको १० औँ कार्यपालिका बैठकले खुलामञ्चमा ट्रिपल अन्डरग्राउन्ड पार्किङ निर्माण गर्ने प्रस्ताव पारित गरेको थियो । महानगरले खुलामञ्चमा ट्रिपल अन्डरग्राउन्ड पार्किङ र पानी पुनर्भरण पिटको विस्तृत परियोजना निर्माण गर्ने जनाएको छ ।

खुलामञ्च महानगरको २८ नम्बर वडामा पर्छ ।

महानगर भन्छ– सम्भाव्यता अध्ययन मात्रै हो 
महानगरले खुलामञ्चमा अन्डरग्राउन्ड पार्किङ बनाउने कुरा सम्भाव्यता अध्ययन मात्रै रहेको जनाएको छ । महानगरका पूर्वाधार सल्लाहकार सुनिल लम्सालका अनुसार सम्भाव्यता अध्ययनले खुलामञ्चमा अन्डरग्राउन्ड पार्किङ बनाउनयोग्य देखाएमात्रै निर्माण प्रक्रिया अघि बढाइने बताए । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९  ०७:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement