site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
जापान, बेलायत र इटालीले संयुक्त जेट लडाकु विमान निर्माण गर्ने
Sarbottam CementSarbottam Cement

रोयटर्स । जापान, बेलायत र इटालीले संयुक्त रुपमा जेट लडाकु विमान निर्माण गर्ने भएका छन् । युरोप र एसियामा भएको रचनात्मक साझेदारीमा एकैसाथ जापान, बेलायत र इटालीले विकसित जेट लडाकु परियोजनाहरू बनाउन लागेको समामचार संस्था रोयटर्सले जनाएको छ । सो परियोजना दोस्रो विश्वयुद्धपछि संयुक्त राज्य अमेरिकाभन्दा बाहिर जापानको पहिलो प्रमुख औद्योगिक रक्षा सहयोग हो ।

सम्झौताबारे तीन देशले शुक्रबार संयुक्त विज्ञप्ति जारी गरेका छन् । सम्झौताले बेलायतको नेतृत्वमा रहेको फ्युचर कम्ब्याट एयर सिस्टम प्रोजेक्टलाई जापानको एफ–एक्स कार्यक्रमको ग्लोबल कम्ब्याट एयर प्रोग्राममा मिलाएर सन् २०३५ सम्ममा एउटा उन्नत फ्रन्ट–लाइन लडाकु विमान सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

युक्रेनमा रुसको आक्रमण तथा जापान र ताइवान वरिपरि चिनियाँ सैन्य गतिविधि बढेको पृष्ठभूमिमा सम्झौताले अर्थपूर्ण रुपमा हेरिएको छ । जापानलाई आफ्नो ठूला छिमेकीको बढ्दो सैन्य शक्तिको सामना गर्न र बेलायतलाई विश्वव्यापी अर्थतन्त्रको प्रमुख चालक भएको क्षेत्रमा ठूलो सुरक्षा भूमिका दिन सो परियोजना उपयोगी हुने रोयटर्सले जनाएको छ । 


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९  १३:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC