site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
'ह्याट्रिक हिरो' गोन्कालो रामोस, जसले रोनाल्डोलाई बिर्साइदिए
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्विजरल्यान्डविरुद्धको खेलअघि विश्वभरका फुटबल समर्थक पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेका चर्को चर्चा गरिरहेका थिए । तर, जब खेलको अन्तिम ‘ह्विसिल’ बज्यो, रोनाल्डोलाई बिर्साउँदै चर्चाको अर्को पात्र बनेका थिए– गोन्कालो रामोस ।

रोनाल्डो पोर्चुगलबाट सन् २००८ पछि कुनै मुख्य प्रतियोगिताको खेलको पहिलो रोजाइमा नपरेका कारण पोर्चुगलको बेन्च पूरै फोटो पत्रकारहरूले घेरेका थिए । यसअघिको खेलमा रोनाल्डोको प्रदर्शन अपेक्षा गरेअनुसार नभएपछि पोर्चुगलका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसले स्विजरल्यान्डविरुद्ध राष्ट्रकै फुटबल ‘आइकन’लाई बेन्चमा राख्ने निर्णय गरे ।

तर, खेलपछि भने रोनाल्डोप्रतिको आकर्षण पूर्ण रूपमा बदलियो । अब मैदानभित्र र बाहिर रहेका सबै समर्थकमाझ छाएका थिए– गोन्कालो रामोस । जसले रोनाल्डो बेन्चमा रहेको मौकाको भरपुर सदुपयोग गर्दै स्विजरल्यान्डविरुद्ध जारी विश्वकपकै पहिलो ह्याट्रिक गरेर विश्वभरको ध्यान खिच्न सफल भए ।

Prabhu Bank
Agni Group
NIC Asia

ramos1670411565.jpg

रामोसकै ह्याट्रिकप्रेरित पोर्चुगलले स्विजरल्यान्डविरुद्ध ६–१ फराकिलो जित निकाल्दै १६ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा स्थान पक्का गर्‍यो ।

Global Ime bank

प्रशिक्षक फर्नान्डो सान्तोसले रोनाल्डोलाई बेन्चमा राख्ने निर्णय लिँदा सम्भवतः उनले पनि रोनाल्डोको स्थान लिने खेलाडीले यति प्रभावकारी प्रदर्शन गर्छन् भन्ने आशा गरेका थिएनन् ।

यो विश्वकपको नकआउट चरणमा पोर्चुगलले निकालेको सबैभन्दा ठुलो जित थियो । र, रामोसका लागि करियरमै बिर्सन नसकिने रात । 

२१ वर्ष १६९ दिनमा गोल ह्याट्रिक गरेका रामोस विश्वकपको नकआउट चरणमा ह्याट्रिक गर्ने हंगरेका फ्लोरियन अल्बर्टपछि युवा खेलाडी बने । 

बेन्फिका फरवार्ड रामोसले खेलको १७ औँ मिनेटमा नै कतारमा आफूलाई प्रमाणित गरे । उनले स्विस गोलकिपर यान सोमेरलाई बिट गर्दै ‘फर्स्ट बार’ मै गोल गर्नुअघि बललाई पहिलो ‘टच’ मै प्रहारका लागि मिलाएका थिए ।

ramos 11670411569.jpg

दोस्रो हाफको सुरुवातमै दोस्रो गोल गरेका रामोसले टिमलाई भने खेलमा ३–० को अग्रता दिलाएका थिए । र, रफाइल गुइरेरोबाट आएको लामो पासलाई सदुपयोग गर्दै स्विस किपर सोमारलाई ‘चिप’ गोल गर्दै रामोसले जारी विश्वकपकै पहिलो ह्याट्रिक गरे ।

७४ औँ मिनेटमा ‘सब्सिच्युट’ भएपनि रामोस नै खेलमा सबैभन्दा धेरै (६) प्रहार र सबैभन्दा धेरै ‘सट अन टार्गेट’ (५) राख्ने खेलाडी बने ।

रामोस ‘सब्सिच्युट’ भएसँगै इङ्ल्यान्डका पूर्व गोलकिपर रोब ग्रिनले भने, “रामोसको खेल दर्शनीय रह्यो । यो विश्वको अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट प्रदर्शन हो ।”

को हुन रामोस ?

विश्वकपमा रोनाल्डोले आठ गोल गरेपनि यी सबै विश्वकपको लिग चरणमा गरेका गोल हुन् । अर्थात् उनले विश्वकपको नकआउट चरणमा ६ खेल खेलेपछि गोलको खाता भने खोल्न सकेका छैनन् । तर, रामोसले पहिलो नकआउट खेलमै तीन गोल गरिसकेका छन् ।

रामोस, जो बेन्फिकाको युवा एकेडेमीबाट उदाएका थिए । मंगलबार स्विजरल्यान्डविरुद्ध पहिलो रोजाइमै मैदान उत्रिनुअघि रामोसले पोर्चुगलबाट कुल ३३ मिनेटमात्र खेल्न पाएका थिए ।

raoms 31670411563.jpg

यसअघि नोभेम्बरमा नाइेजेरियासँग भएको मैत्रीपूर्ण खेलमा २३ मिनेट मौका पाएका रामोसले एक गोल गरेका थिए । 

विश्वकपमै उनले समूह चरणको खेलमा घानाविरुद्ध दुई मिनेट र उरुग्वेविरुद्ध आठ मिनेट मौका पाएका थिए । एक खेल अगावै पोर्चुगल नकआउट चरणमा छनोट भइसकेपछि दक्षिण कोरियाविरुद्धको खेलमा उनले मौका नै पाएनन् । यो खेलमा पोर्चुगल २–१ ले पराजित भएको थियो ।

तर, प्रशिक्षक सान्तोसले उनलाई विश्वकपको नकआउट चरणमा पहिलोपटक पहिलो रोजाइमा नै मौका दिए । र, उनले यसलाई खेर जान दिएनन् र वर्षेदेखि आफू केन्द्रित रहेको कुरालाई सही समयमा प्रमाणित गरे ।

बेन्फिकाबाट यस सिजन २१ खेलमा १४ गोल र ६ असिस्ट गरेका रामोसले क्लबका पछिल्लो ६ खेलमा सात गोल गरेका थिए । यसले पनि रामोस विश्वकपको यो ‘स्टेज’ मा आफूलाई प्रमाणित गर्न पूर्ण आत्मविश्वासी रहेको देखाउँछ ।

raoms 21670411550.jpg

जसरी रामोसले विश्वकपको सुरुवात गरे, उनले यो सपनामा पनि सोचेका थिएनन् । उनी सन् २००२ पछि पहिलो रोजाईमा रहँदै ह्याट्रिक गर्ने पहिलो खेलाडी बने । यसअघि २००२ मा जर्मनीका मिरोस्लाभ क्लोजले सुरुवाती रोजाइमा मैदान उत्रिँदै ह्याट्रिक गरेका थिए । विश्वकपमा १६ गोल गरेका क्लोज विश्वकपको अहिलेसम्मका उच्च गोलकर्ता हुन् ।

अन्तिम–१६ मा असाधारण प्रदर्शन गरेसँगै पक्कैपनि रामोसलाई स्विजरल्यान्डविरुद्ध आफूले सतप्रतिसत दिएको महसुस भएको हुनुपर्छ । र, सम्भवतः क्वार्टरफाइनलमा मोरोक्कोविरुद्ध पनि उनी पहिलो रोजाइमा पर्नेछन् ।

रोनाल्डोका लागि अब के ?

खेलपछि रोनाल्डोबारे सोधिएको प्रश्नमा रामोसले भने, “क्रिस्टियोनो रोनाल्डोले म र टिमका सबैजनासँग कुरा गरेका थिए । रोनाल्डो हाम्रा नेतृत्वकर्ता हुन् र उनी सँधै टिम र टिमका सदस्यलाई सहयोग गर्ने प्रयासमा हुन्छन् ।”

रियाल मड्रिड, युभेन्ट्स र म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी रोनाल्डो स्विजरल्यान्डसँगको खेलअघि पोर्चुगलबाट लगातार ३१ खेलसम्म पहिलो रोजाइमा मैदान उत्रिएका थिए ।

सायद रोनाल्डो आफैँ पनि खेलअघि ‘डगआउट’ मा चलेको हल्लाका कारण अचम्मित थिए होलान् । दोस्रो हाफमा मैदान प्रवेश गरेपछि रोनाल्डोले गरेको गोलका कारण पूरा रंगशाला नै खुसीमा झुमे पनि पछि त्यसलाई रेफ्रीले अफसाइड दिए ।

स्विजरल्यान्डविरुद्ध रामोसले जुन प्रभाव देखाए । यसले ३७ वर्षीय रोनाल्डो क्वार्टरफाइनलमा मोरोक्कोविरुद्ध पहिलो रोजाईमा पर्नेमा द्विविधा उत्पन्न गराएको छ । प्रदर्शनका आधारमा रोनाल्डो आफैँ पनि अहिले पहिलो रोजाइका लागि दाबी गर्ने स्थितिमा छैनन् ।

ronaldo (1)1670411550.jpg

पोर्चुगलका प्रशिक्षक सान्तोसले दक्षिण कोरियाविरुद्ध ६५ औँ मिनेटमा ‘सब्सिच्युट’ हुँदाको प्रतिक्रिया आफूलाई मन नपरेको बताएका थिए । जसले रोनाल्डोका यस्तै प्रतिक्रियाका कारण म्यान्चेस्टर युनाइटेडसँगको सम्झौता रद्द भएको भन्ने बहससमेत छेडेको थियो ।

पाँच पटकको बालोन डी‘अर विजेता रोनाल्डोले प्रशिक्षक सान्तोसप्रति कुनै प्रकारको प्रतिक्रिया जनाएनन् । तरपनि उनी स्विजरल्यान्डविरुद्ध सान्तोसको पहिलो रोजाइमा पर्न सफल भएनन् ।

समूह चरणका खेलका दौरान विश्वकपका पाँच फरक संस्करणमा गोल गर्ने खेलाडी बनेका रोनाल्डोले त्यसपछिका खेलमा आशा गरेअनुसार प्रदर्शन गर्न नसकेपछि मंगलबार बेन्चमा बसे ।

इङ्ल्यान्डका पूर्व स्ट्राइकर लान राइट भने रोनाल्डोले यसलाई सहज रूपमा लिए उनले विश्वकपको फाइनलमा गोल गर्न सक्ने बताउँछन् ।

“पोर्चुगलको यो टिम सहजै अघि बढ्न सक्छ । र, टिममा रोनाल्डाले पनि योगदान पूर्‍याउन सक्छन्,” राइटले भने, “यदि रोनाल्डोले सबै कुरालाई सहज रूपमा लिने हो भने सायद उनले फाइनलमा पोर्चुगलका लागि विजयी गोल गर्न सक्छन् ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  १७:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !