1670346017.jpg)
काठमाडौं । मंसिर ४ मा भएको संसदीय निर्वाचन सकिएसँगै युवाहरू विदेशिन थालेका छन् । देशका विभिन्न जिल्लाका युवाहरू वैदेशिक रोजगारीका लागि काठमाडौंमा मेनपावर कम्पनीहरू धाइरहेका छन् ।
मंगलबार काठमाडौंको गैरीगाउँमा सडक किनारमा वैदेशिक रोजगारीका लागि दर्जनौ युवाहरू अन्तर्वार्ताका लागि लाइनमा थिए । सिनामंगलस्थित एक मेनपावर कम्पनीले कतारमा हेभी ड्राइभरका लागि अन्तर्वार्ता लिइरहेको थियो ।
अन्तर्वार्ताका लागि उनीहरूले पाँचसयका दरले मेनपावर कम्पनीलाई पैसा बुझाएका थिए । तर, कम्पनीले अन्तर्वार्ताबाट पास भएमा कतार जान लाग्ने खर्चबारे कुनै जानकारी नदिएको उनीहरूको गुनासो थियो ।
अन्तर्वार्तामा फेल हुने डरले उनीहरू आफ्नो नाम पनि सार्वजनिक गर्न चाहँदैन थिए ।
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी