site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु भेटियो

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको छ । भक्तपुरको लोकन्थलीस्थित बास्कोटाको घरको परिसरमा शंकास्पद वस्तु भेटिएको हो ।

प्रेसर कुकर बमको आशंका गरिएकाले प्रहरीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाएको छ ।

अहिले बास्कोटाको घरमा प्रहरीको बाक्लो उपस्थिति छ । 

लोकन्थलीस्थित बाँस्कोटाको घरको कम्पाउन्ड बाहिर प्लाष्टिकमा बेरेर राखिएको कुकर फेला परेको छ । भक्तपुरका एसपी प्रजित केसीका अनुसार अहिले नेपाली सेनाको डिस्पोजल टोली त्यहाँ पुग्दैछ ।  बाँस्कोटा भर्खरै सम्पन्न निर्वाचनमा काभ्रेबाट निर्वाचित भएका सांसद हुन् । 

Global Ime bank

यसअघि ०७६ को फागुन २८ मा बास्कोटाको घरमा बम विष्फोट नै भएको थियो । त्यतिबेला बनिरहेको घरमा भएको बम विष्फोटबाट झ्यालका सिसा फुटेका थिए । बम विष्फोटमा संलग्न रहेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द 'विप्लव' निकट तीन जनालाई पक्राउ गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  ०८:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu