site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
दोलखामा राति ९ बजेदेखि मतगणना
Sarbottam CementSarbottam Cement

काठमाडौं । दोलखामा प्रतिनिधिसभा सदस्यका लागि आज राति ९ बजेबाट मतगणना सुरू हुनेभएको छ । 
    
मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार सर्वदलीय बैठक बसेर ९ बजेदेखि प्रतिनिधिसभा सदस्यको मतगणना सुरू हुने र भोलिदेखि प्रदेशसभा सदस्यको पनि मतगणना गर्न सुरू गर्ने जानकारी दिए । 

दोलखामा प्रतिनिधिसभा सदस्यका लागि वाम–लोकतान्त्रिकबाट नेकपा (माओवादी केन्द्र)का गङ्गा कार्की, नेकपा (एमाले)बाट बालकृष्ण शिवाकोटीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

दोलखाको १० मतदान केन्द्रमा आज पुनःमतदान भएको थियो । शान्तिपूर्णरूपमा मतदान भएको र ५० प्रतिशत मत खसेको मतदान अधिकृत श्रेष्ठले जानकारी दिए । उक्त जिल्लाको बाँकी स्थानमा यही मङ्सिर ४ गते मतदान सम्पन्न भएको थियो । 

प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको दोलखामा जम्मा ९४ मतदानस्थल र १९५ मतदान केन्द्र रहेका थिए । कूल एक लाख ६१ हजार ४५० मतदाता रहेको यस क्षेत्रमा १४ राजनीतिक दल र सात स्वतन्त्र गरी २१ उमेदवार रहेका छन् । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  २०:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC