site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अर्जेन्टिना समूह विजेता, हारका बाबजुद पोल्यान्ड पनि अन्तिम–१६ मा
Sarbottam CementSarbottam Cement

काठमाडौं । लियोनल मेसी पेनाल्टीमा गोल गर्न चुकेको खेलमा अर्जेन्टिनाले बुधबार राति पोल्यान्डलाई २–० ले हराउँदै कतार विश्वकपको अन्तिम–१६ मा स्थान पक्का गरेको छ । 

मेसीले ३९औँ मिनेटमा पाएको पेनान्टी अवसरलाई सदुपयोग गर्न सकेका थिएनन् । मेसीको प्रहारलाई पोल्यान्डका गोलकिपर वोइच चेजनीले बचाइदिएका थिए । जारी विश्वकपमा चेजनीले पेनाल्टी बचाएको यो दोस्रोपटक हो । यसअघि साउदी अरबविरुद्ध पनि चेजनीले सलिम अल दासरीको पेनाल्टी बचाइदिएका थिए । 

Argentina 31669844547.jpg

Prabhu Bank
Agni Group
NIC Asia

जित्नै पर्ने दबाबमा रहेको अर्जेन्टिनाले ४६औँ मिनेटमा एलेक्सिस म्याक–एलिस्टरको गोलबाट अग्रता लिएको थियो । ६७औँ मिनेटमा युलियन अल्भारेजले अर्जेन्टिनाको अग्रता दोब्बर बनाएका थिए । 

अर्जेन्टिनाले समूह चरणको अन्तिम खेलमा ५ खेलाडी परिवर्तन गरेको थियो । अर्जेन्टिनाका प्रशिक्षक लियानल स्कालोनीले लाउटारो मार्टिनेजलाई बेन्चमा राखेर मेक्सिकोविरुद्ध गोल गरेका इन्जो फर्नान्डेजलाई पहिलो रोजाइमा राखेका थिए ।

Global Ime bank

मेक्सिकोविरुद्ध खेलेको टिमका इमिलियानो मार्टिनेज, निकोलस ओटामेन्डी, रोड्रिगो डी पाउल, मार्कोस अकुना, एलेक्सिस म्याक एलिस्टर, एन्जेल डी मारिया र लियोन मेसीले मात्र निरन्तरता पाएका थिए । मार्टिनेज, लिसान्द्रो मार्टिनेज, गोन्जालो मोन्टियल र गुइडो रोड्रिग्वेजको स्थानमा नाहेल मोलिना, क्रिष्टियन रोमेरो, फर्नान्डेज र युलियन अल्भारेजले पहिलो रोजाईमा स्थान बनाएका थिए । 

पोल्यान्डले भने एक खेलाडी परिवर्तन गरेको थियो । साउदी अरबविरुद्ध खेलेको टिमका अर्काडिउज मिलिकको स्थानमा कारोल स्विडेरस्कीलाई मौका दिइएको थियो । 

Argentina 11669844549.jpg

जितसँगै अर्जेन्टिना समूह ‘सी’बाट विजेता बन्दै अन्तिम–१६ मा स्थान बनाउन सफल भयो । हारका बाबजुद पोल्यान्डले पनि अन्तिम–१६ मा स्थान पक्का गरेको छ । 

यस समूहमा अर्जेन्टिनाले ६ अंक जोडेको छ । पोल्यान्ड र मेक्सिकोको समान चार अंक भए पनि गोल अन्तरमा पोल्यान्ड अगाडि भएको हो । मेक्सिकोले आजै सम्पन्न खेलमा साउदी अरबलाई २–१ ले पराजित गरेको थियो । १९९४ यता लगातार अन्तिम–१६ मा स्थान बनाउन सफल मेक्सिको यसपटक भने समूह चरणबाट बाहिरिएको छ । 

पहिलो खेलमा साउदी अरबसँग २–१ ले पराजित भएपछि अर्जेन्टिनाको यात्रा कठिन बनेको थियो । तर, बाँकी दुई खेलमा विजय हासिल गरेपछि मेसीको अर्जेन्टिना समूह विजेता बन्दै अन्तिम–१६ मा स्थान बनाउन सफल भएको छ । 

अर्जेन्टिनाले अब समूह ‘डी’को उपविजेता अस्ट्रेलियाविरुद्ध खेल्नेछ भने पोल्यान्डले समूह ‘डी’को विजेता फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ । आजै भएको खेलमा अस्ट्रेलियाले डेनमार्कलाई १–० ले हराएको थियो । फ्रान्स ट्युनिसियासँग १–० ले पराजित भएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  ०३:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC