काठमाडौं । फिफा विश्वकपअन्तर्ग जारी समूह 'डी' को खेलमा फ्रान्स र डेनमार्कबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।
कतारको रंगशाला ९७४ मा जारी खेलको पहिलो हाफमा दुवै टिमले गोलका केही अवसर बनाएपनि सदुपयोग गर्न नसक्दा अग्रता बनाउन सकेनन् ।
विश्वकपमा दुवै टिमको यो समूह चरणको दोस्रो खेल हो । यसअघि पहिलो खेलमा फ्रान्सले अस्ट्रेलियालाई ४-१ ले पराजित गर्दा डेनमार्क भने ट्युनिसियासँग गोलरहित बराबरीमा रोकिएको थियो ।
समूहमा तीन अंक जोडेको फ्रान्स तालिकाको शीर्ष स्थानमा छ । एक अंक जोडेको डेनमार्क तालिकाको तेस्रो स्थानमा छ । दुई खेलबाट तीन अंक जोडेको अस्ट्रेलिया दोस्रो स्थानमा छ भने एक अंक जोडेको ट्युनिसिया तालिकाको पुछारमा छ । समूहबाट शीर्ष दुई स्थानमा रहने टिमले अन्तिम १६ मा स्थान बनाउनेछन् ।