site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव सुरु 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव–२०७९ (निटफेस्ट २०२२) आजबार सुरु भएको छ । ‘सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः विविधिताको उत्सव’ भन्ने नाराका साथ थापागाउँ काठमाडौंस्थित मण्डला थिएटरमा ९ दिनसम्म चल्ने महोत्सव 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरे । 

१२ देशका १८ नाटकको ३० मञ्चनसहित कार्यशाला, मास्टर क्लास, अन्तरक्रिया–विमर्शका कार्यक्रम हुने महोत्सवमा विश्वभरीबाट दुई सयभन्दा बढी नाट्य कलाकारहरु सहभागी भएका छन् । महोत्सवको उद्घाटन गर्दै पर्यटन मन्त्री श्रेष्ठले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने नाट्य क्षेत्रलाई सरकारले सदैव प्राथमिकतामा राखेको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

काठमाडौं महानगरका प्रमुख बालेन्द्र (बालेन) शाहले वार्षिक क्यालेन्डरमा नै राखेर नाट्य, फिल्मजस्ता महोत्सव आयोजना गर्न महानगर उत्सुक रहेको बताए । 

भारतकी लोकप्रिय रंगकर्मी तथा अभिनेत्री शबाना आजमीले नाट्य क्षेत्र कलाको उच्चतम विधा भएको बताइन् । 

Global Ime bank

महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटक समावेश छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १७:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC