site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
ब्राजिलले फाइनलको यात्रा तय गर्ला ? कस्तो छ यो समूह ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । पाँच संस्करणको उपाधिसहित विश्वकपको सर्वाधिक सफल टिम बनेको ब्राजिलले पछिल्लो २० वर्षयता भने फाइनलसम्मको यात्रा पनि तय गर्न सकेको छैन । 

यसपटक दक्षिण अमेरिकी छनोटबाट शीर्ष स्थानमा रहँदै कतार विश्वकपमा छनोट भएको ब्राजिलको यो टिमलाई विश्वकपकै सबैभन्दा सन्तुलित टिमको रुपमा लिइएको छ ।

ब्राजिलले विश्वकपको गत संस्करणमा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेपनि यसपटक टिटेको प्रशिक्षणमा ब्राजिलले उपाधि जित्नेमा उच्च आत्मविश्वासी समर्थकको संख्या ठूलो छ । पछिल्लो सन् २००२ मा एसियामै भएको विश्वकप जितेको ब्राजिलले यसपटक पनि सोही इतिहास दोहोर्याउने आशा छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सन् २०१० देखि स्वतन्त्र राष्ट्रको रुपमा विश्वकप खेल्न लागेको सर्वियाले हालसम्म समूह चरण पार गर्न सकेको छैन । तर, विश्वकपको युरोपियन छनोटमा पोर्चुगल रहेको समूहबाट शीर्ष स्थानमा रहँदै सोझै कतारको टिकट काटेको सर्विया पछिल्लो पाँच खेलयता अपराजित छ । यसैकारण सर्वियालाई सहज प्रतिद्वन्दीको रुपमा औल्याउनु विपक्षीको गम्भीर गल्ति हुने पक्का छ । 

विश्वकपको पछिल्लो दुई संस्करणमा लगातार अन्तिम १६ सम्म पुगेको स्वीट्जरल्यान्ड पनि विश्वकपको युरोपियन छनोटमा अपराजित रहेको थियो । छनोटका आठ खेलमध्ये पाँच खेलमा जित निकाल्दा स्वीट्जरल्यान्डले तीन खेल बराबरी खेलेको थियो । 

Global Ime bank

अफ्रिकी ‘पावर हाउस’ क्यामरुन यो समूहबाट अप्रत्यासित नतिजा निकाल्न सक्ने टिम हो । क्यामरुनले विश्वकपको अफ्रिकी छनोटमा अर्को बलिया राष्ट्र आइभेरी कोस्टलाई हराउँदै विश्वकपको टिकट काटेको थियो । सन् १९९० पछि अन्तिम १६ मा प्रवेश गर्न नसकेको क्यामरुनले यसपटक भने नकआउट चरणको यो लामो खडेरी तोड्ने उच्च आशा छ ।

समूह ‘जी’
ब्राजिल
brazil1669298261.jpg

 

फिफा वरीयता–  १ 
विश्वकप सहभागिता –  सबै विश्वकप खेल्ने एक्लो टिम
उत्कृष्ट नतिजा–  ५ पटक विजेता (१९५८, १९६२, १९७०, १९९४, २००२)
खेल–
मंसिर ८, बिहीबार        ब्राजिलविरुद्ध सर्विया
मंसिर १२, सोमबार        ब्राजिलविरुद्ध स्विट्जरल्यान्ड
मंसिर १६, शुक्रबार        क्यामरुनविरुद्ध ब्राजिल

ब्राजिल सबै संस्करणको विश्वकप खेल्ने एक्लो टिम हो । विश्वकपमा ब्राजिलको नाममा थुप्रै कीर्तिमान छन् । ब्राजिलले पहिलो पटक १९५८ मा उपाधि जितेको थियो । लगत्तै १९६२ को संस्करणमा पनि ब्राजिलले उपाधि उचाल्यो । त्यसपछि कुनै पनि टिमले लगातार दोस्रोपटक उपाधि जित्न सकेको छैन । 

१९७० मा ब्राजिलले तेस्रो पटक उपाधि जित्यो । त्यसपछि भने ब्राजिललाई उपाधि जित्न २४ वर्ष प्रतिक्षा गर्नुप¥यो ।

अमेरिकामा सम्पन्न १९९४ को विश्वकपपछि ब्राजिल प्रत्येक विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएको छ । ब्राजिलले २००२ को एसियामै सम्पन्न विश्वकपको उपाधि जितेको थियो । फेरी एसियामा हुन लागेको विश्वकपमा ब्राजिल फेरी उपाधि जित्ने लक्ष्यमा छ । 

ब्राजिल सदाबहार आक्रमक टिम हो । यसपटक पनि ब्राजिलका प्रशिक्षक टिटेले ९ फरवार्डलाइ टिममा समावेस गरेका छन् । युवा खेलाडी भिनिसियस जुयिनर, एन्टोनी, राफिन्हा र रोड्रिगो जस्ता खेलाडीमा टिममा समावेश गरेका छन् । नेइमारलाई यी युवाहरूको साथ रहनेछ । 

प्रशिक्षक टिटले घोषणा गरेको २६ सदस्सीय टिममा ३९ वर्षे ड्यानियल आल्भेसले पनि स्थान बनाउन सफल भएका छन् । तथापी ९ फरवार्ड समावेस भएको टिममा लिभरपुलका रोबर्टो फिर्मिनो भने अटाएनन् । 

ब्राजिलियन फुटबल संघले पीएसजीका पूर्व प्रशिक्षक रिकार्डो गोमेसलाई टिटेको सहायकका रूपमा प्रशिक्षण टिममा समावेश गरेको छ । टिटेले २०१६ जुन देखीब्राजिलको प्रशिक्षण सम्हाल्दै आएका छन् । ब्राजिलले विश्वकप छनोटमा पनि उत्कृष्ट प्रदर्शन गरेको छ । ब्राजिलले छनोट चरणको १७ मध्ये १४ खेल जितेको थियो भने तीन खेल बराबरी खेलेको थियो । ब्राजिलले दोस्रो स्थानको अर्जेन्टिनालाई ६ अंकले पछाडि पार्दै कतारको यात्रा तय गरेको थियो । 

ब्राजिलयन टिम नोभेम्बर १४ मा टुरिनस्थित युभेन्टसको प्रशिक्षण केन्द्रमा भेला हुनेछन् । जहाँ ब्राजिलले नोभेम्बर १९ मा दोहा उड्नुअघि पाँच दिने प्रशिक्षण शिविर सञ्चालन गर्नेछ । ब्राजिलले नोभेम्बर २५ मा सर्बियाविरूद्ध खेल्दै विश्वकपको सुरुआत गर्नेछ । ब्राजिलले समूह ‘जी’मा क्यामरुन, सर्विया र स्विट्जरल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ । 

ब्राजिल टिमः–
गोलकिपर – एलिसन (लिभरपुल), एडरसन (म्यानचेस्टर सिटी), वेभर्टन (पाल्मिरास)।
रक्षक – ग्लेसन ब्रेमर (युभेन्टस), एडर मिलिटो (रियाल मड्रिड) मार्किन्होस (पीएसजी), थियागो सिल्भा (चेल्सी), ड्यानिलो (युभेन्टस), ड्यानियल अल्भेस (पुमास), एलेक्स सान्ड्रो (युभेन्टस), एलेक्स टेलेस (सेभिल्ला)।
मिडफिल्डर – ब्रुनो गुइमारेस (न्युक्यासल युनाइटेड), कासेमिरो (म्यानचेस्टर युनाइटेड), एभर्टन रिबेरो (फ्लेमेन्गो), फाबिनहो (लिभरपुल), फ्रेड (म्यानचेस्टर युनाइटेड), लुकास पाकेटा (वेस्ट ह्याम)।
फरवार्ड – एन्टोनी (म्यानचेस्टर युनाइटेड), गाब्रियल जिसस (आर्सनल), गाब्रियल मार्टिनेली (आर्सनल), नेयमार (पीएसजी), पेड्रो (फ्लेमेन्गो), राफिन्हा (बार्सिलोना), रिचार्लिसन (टोटनहम), रोड्रिगो (रियाल मड्रिड), भिनिसियस जुनियर (रियाल मड्रिड) ।

सर्विया

serbia1669298345.jpg
फिफा वरीयता– २१ 
विश्वकप सहभागिताः १२ पटक (१९३०, १९५०, १९५४, १९५८, १९६२, १९७४, १९८२, १९९०, १९९८, २००६, २०१०, २०२२)
उत्कृष्ट नतिजा– चौथो स्थान (१९३०, १९६२)
खेल–
मंसिर ८, बिहीबार        ब्राजिलविरुद्ध सर्विया
मंसिर १२, सोमबार        क्यामरुनविरुद्ध सर्विया
मंसिर १६, शुक्रबार        सर्वियाविरुद्धद्ध स्विट्जरल्यान्ड

स्वतन्त्र राष्ट्रका रुपमा सर्वियाले विश्वकपमा अहिलेसम्म समूह चरण पार गर्न सकेको छैन । अघिल्ला संस्करणमा सर्विया युगोस्लाभियाको नामबाट विश्वकप खेलेको थियो । १९३० को पहिलो विश्वकपमै सेमिफाइनलसम्म स्थान बनाएको युगोस्लाभियाले चिलीमा सम्पन्न १९६२ को विश्वकपमा चौथो स्थान हासिल गरेको थियो । 

जर्मनीमा सम्पन्न २००६ को विश्वकपमा सर्विया एण्ड मोन्टेनेग्रोको नामबाट खेलेको थियो । त्यसअघि युगोस्लाभियाको नामबाट खेलेको थियो । २०१० मा भने सर्वियाकै नामबाट खेल्न थालेको हो । सर्वियाले युरोपियन छनोटमा समूह ‘ए’को शीर्ष स्थानमा रहेर कतारको टिकट काटेको हो । सर्वियाले अन्तिम खेलमा पोर्चुगललाई २–१ ले हराउँदै शीर्ष स्थान हासिल गर्न सफल भएको हो । जसका कारण क्रिष्टियानो रोनाल्डोको पोर्चुगलले प्लेअफको यात्रा तय गर्नु परेको थियो । पछिल्लो पाँच खेलमा सर्विया अपराजित छ । 

सर्विया मार्च २०२१ देखी ड्रागन स्टोकोभिकको प्रशिक्षणमा छ । सर्वियामा डुसान ट्याडिक, डुसान भ्लाहोभिक,  एलेक्जेन्डर मित्रोभिक हेर्न लायक खेलाडी हुन् । 


सर्वियाको टिम –
गोलकिपरः मार्को दिमित्रोभिक (सेभिया), प्रेड्राग राजकोभिक (मायोर्का), भान्जा मिलिन्कोभिक–साभिक (टोरिनो)

रक्षापंक्तिः स्टेफान मित्रोभिक (गेटाफे), निकोला मिलेनकोभिक (फियोरेन्टिना), स्ट्राहिन्जा पाभ्लोभिक (साल्जबर्ग), मिलोस वेल्जकोभिक (वेर्डर ब्रेमेन), फिलिप म्लादेनोभिक (जेगिाया वार्सा), स्ट्राहिन्जा इराकोभिक (एफके क्रेना जेजदा), सरजान बाबिक (अल्मेरिया)
मिडफिल्डः नेमान्जा गुडेल्ज (सेभिया), सर्गेज मिलिन्कोभिक–साभिक (लाजियो), सासा लुकिक (टोरिनो), मार्को ग्रुजिक (एफसी पोर्टो), फिलिप कोस्टिक (युभेन्टस), युरोस रेसिक (ब्रागा), नेमान्जा म्याक्सिमोभिक (गेटाफे), इभान इलिक (हेलास भेरोना), एन्ड्रिजा जिभकोभिक (पीएओके थोसालोनिकी एफसी), डार्को लाजोभिक (हेलास भेरोना)

फरवार्डः डुसान ट्याडिक (आयाक्स), एलेक्जेन्डर मित्रोभिक (फुलहम), डुसान भ्लाहोभिक (युभेन्टस), फिलिप डुरिकिक (साम्पडोरिया), लुका जोभिक (फियोरेन्टिना), नेमान्जा राडोन्जिक (टोरिनो)

स्विट्जरल्यान्ड

swetzerland1669298398.jpg
फिफा वरीयताः १५ 
विश्वकप सहभागिताः १२ पटक (१९३०, १९५०, १९५४, १९५८, १९६२, १९७४, १९८२, १९९०, १९९८, २००६, २०१०, २०२२)
उत्कृष्ट नतिजाः क्वार्टरफाइनल (१९३४, १९३८, १९५४)
खेलः
मसिंर ८, बिहीबार        स्विट्जरल्यान्डविरुद्ध क्यामरुन
मंसिर १२, सोमबार        ब्राजिलविरुद्ध स्विट्जरल्यान्ड
मंसिर १६, शुक्रबार        सर्वियाविरुद्धद्ध स्विट्जरल्यान्ड

१९३४ मा पहिलोपटक विश्वकप खेलेको स्विट्जरल्यान्ड पछिल्लो पाँच संस्करणमा लगातार छनोट हुन सफल भएको छ । १२ पटक विश्वकप खेलेको स्विट्जरल्यान्डले तीन पटक क्वार्टरफाइनलमा स्थान बनाएको छ । २००६ पछि स्विट्जरल्यान्ड नियमित रुपमा विश्वकपमा छनोट हुन सफल भएको छ । त्यसमध्ये पछिल्लो दुई संस्करणमा स्विट्जरल्यान्डले अन्तिम–१६ मा स्थान बनाउन सफल भएको छ ।

छनोट चरणमा स्विट्जरल्यान्डले उत्कृष्ट प्रदर्शन गरेको थियो । ८ मध्ये ५ खेल जितेको स्विट्जरल्यान्डले तीन खेल बराबरी खेलेको थियो । समूह ‘सी’मा स्विट्जरल्यान्ड शीर्ष स्थानमा रहँदा चार पटकको विश्व विजेता इटाली दोस्रो स्थानमा रहेको थियो । प्लेअफ खेल्नु परेको इटाली अन्तत विश्वकपमा छनोट हुन असफल भयो । इटाली लगातार दोस्रो संस्करणमा छनोट हुन असफल भएको हो । 

तर, युईएफए नेसन्स लिगमा भने स्विट्जरल्यान्डको प्रदर्शन अपेक्षाकृत हुन सकेन । ६ मध्ये तीन खेल जितेको स्विटरल्यान्ड तीन खेलमा पराजित भयो । 

स्विट्जरल्यान्ड ४८ वर्षे प्रशिक्षक मुरत याकिनको प्रशिक्षणमा छन् । उनले अगष्ट २०२१ देखी स्विटरल्यान्डको प्रशिक्षण सम्हालिरहेका छन् । स्विट्जरल्यान्डमा आर्सनलका मिडफिल्डर ग्रान्ट जाका, म्यानचेस्टर सिटीका रक्षक म्यानुयल अकान्जी प्रमुख खेलाडी हुन् ।

क्यामरुन 
cameroon1669298437.jpg

फिफा वरीयताः ४३ 
विश्वकप सहभागिताः ८ पटक (१९८२, १९९०, १९९४, १९९८, २००२, २०१०, २०१४, २०२२)
उत्कृष्ट नतिजाः क्वार्टरफाइनल (१९९०)
खेलः
मंसिर ८, बिहीबार        स्विट्जरल्यान्डविरुद्ध क्यामरुन
मंसिर १२, सोमबार        क्यामरुनविरुद्ध सर्विया
मंसिर १६, शुक्रबार        क्यामरुनविरुद्ध ब्राजिल

क्यामरुन विश्वकपको क्वार्टरफाइनल खेल्ने तीन अफ्रिकन देशमध्येको एक हो । अफ्रिकाबाट क्वार्टरफाइनल अर्को दुई राष्ट्र हुन सेनेगल र घाना । 

क्यामरुनले त्यो सफलता इटालीमा सम्पन्न १९९० मा हासिल गरेको थियो । त्यतिबेला समूह विजेता बन्दै अन्तिम–१६ मा स्थान बनाएको क्यामरुनले अन्तिम–१६ मा बेल्जियमलाई १–० ले हराएको थियो । तर, क्वार्टरफाइनलमा भने इङ्ल्यान्डसँग ३–२ ले पराजित भयो । क्यामरुन सम्मिलित समूह ‘बी’बाट तेस्रो स्थानमा रहँदै अघिल्लो चरणमा स्थान बनाएको अर्जेन्टिना भने उपविजेता बनेको थियो । 

क्यामरुनले क्वार्टरफाइनल खेलेको त्यही एकपटक हो । त्यसपछि कुनै पनि संस्करणमा क्यामरुनले समूह चरण पार गर्न सकेको छैन । रुसमा सम्पन्न २०१८ को विश्वकपमा भने क्यामरुन छनोट हुन असफल रह्यो । गत संस्करणमा छनोट हुन नसकेको क्यामरुनले कतारमा १९९० को सफmलता हासिल गर्न सक्छ त ?

क्यामरुनलाई सहज भने हुनेछैन । समूह ‘जी’मा क्यामरुनले पाँच पटकको विश्व विजेता ब्राजिल, सर्विया र स्विट्जरलयान्डविरुद्ध प्रतिस्पर्धा गर्नुपर्नेछ । 

क्यामरुन फुटबल संघको अध्यक्षमा पूव फुटबलर सामुयल इटो निर्वाचित भएका छन् । देशबाट कीर्तिमानी सबैभन्दा धेरै गोल गरेका इटो डिसेम्बर २०२१ मा अध्यक्ष पदमा निर्वाचित भएका हुन् । त्यस्तै क्यामरुनका पूर्व कप्तान (सबैभन्दा धेरै १३७ खेल खेलेका) रिगोबर्ट सोङ गत फेब्रुअरीमा टिमको प्रशिक्षक नियुक्त भएका छन् । 

दुबै जना टिमको पुरानो साख फिर्ता गर्न लागि परेका छन् । त्यसका लागि कतार विश्वकप राम्रो अवसर पनि हो । क्यामरुनमा बायर्न म्युनिखका फरवार्ड इरिक म्याक्सिम चौउपो–मोटिङ, भिनसेन्ट अबोउबाकर तथा नेपोलीका आन्द्रे–फ्रांक जाम्बो एन्गुइसा टिमका महत्वपूर्ण खेलाडी हुन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १९:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC