site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
असक्तलाई घरमै स्वास्थ्य सेवा
Siddhartha BankSiddhartha Bank

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ज्येष्ठ नागरिक र शारीरिक असक्त भएका व्यक्तिहरूको घरमै स्वास्थ्य सेवा अभियान थालेको छ । उनीहरूलाई स्वास्थ्य सेवाको पहुँच पुयार्उनका लागि घर–घरमै स्वास्थ्य सेवा अभियानको सुरुआत गरेको हो ।
  
गाउँपालिकाले प्रत्येक वडामा प्रत्येक महिनाको एक दिन अभियानका रूपमा सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ । ज्येष्ठ नागरिक र शारीरिक असक्त (अपाङ्गता भएका व्यक्ति)घरमै स्वास्थ्य सेवा अभियान सुरुआत गरेको मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिए । 

मैवाखोला–४ साँघु ओदकबाट ६८ वर्ष उमेर पूरा गरेको ज्येष्ठ नागरिक र ‘क’ र ‘ख’ वर्गका शारीरिक असक्त भएका व्यक्तिका घर–घरमै पुगेर प्राथमिक स्वास्थ्य परीक्षण र स्वास्थ्य परामर्श सेवा सुरु भएको उनले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

अभियानअन्तर्गत सेवाग्राहीलाई पालिकाले प्राथमिक औषधिले भरिएको एक–एक थान किट बक्ससमेत उपलब्ध गराएको मैवाखोल गाउँपालिकाका प्रवक्ता चन्द्र तामाङले बताए । स्वास्थ्य परीक्षणमा क्रममा देखिएको स्वास्थ्य समस्याका आधारमा न्यूनतम प्राथमिक औषधिले भरिएको किट बक्स उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ ।

पालिकाभित्र रहेका ६८ वर्ष उमेर पूरा भएका जेष्ठ नागरिक र ‘क’ र ‘ख’ वर्गका शारीरिक असक्त व्यक्तिको तथ्यांक एकीकृत सूची तयार गरेर प्रत्येक महिना चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली घर–घरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  ०७:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement