site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गरिब-दलित आरक्षणको पक्षमा भारतको सर्वोच्च अदालत
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

नयाँदिल्ली । भारतको सर्वोच्च अदालतले कलेज भर्नामा र सरकारी रोजगारमा गरिबहरुलाई १० प्रतिशत आरक्षण दिन अनुमति दिने एक विवादास्पद कानुनको समर्थन गरेको छ । 

यो आरक्षण सुविधा सामाजिक रुपमा विपन्न जातिमा आधारित समूह र जनजातिहरुका लागि आरक्षित ४९ दशमलव ५ प्रतिशत कोटाबाहेक हो । नयाँ कानुनअनुसार अबदेखि उपल्लो जातका गरिबहरुले समेत आरक्षणका लागि प्राथमिकता पाउने भएका छन् ।
 
अदालतमा यस कानुनलाई चुनौती दिनेहरुले यसलाई “समानतावादी र जातिहीन समाज सिर्जना गर्ने संवैधानिक लक्षकै अपमान”को संज्ञा दिएका बीबीसीले लेखेको छ ।
 
भारतले सन् १९५० मा अत्यन्तै भेदभावको मारमा परेका जातिलाई सरकारी जागिर र शैक्षिक संस्थाहरुमा कोटा लागु गरेको थियो । परम्परागत रुपमा सुविधाबाट विमुख पारिएकाहरुलाई न्याय दिने उद्देश्यले यो कदम उठाइएको थियो ।
 
सुरुमा आरक्षण प्रथा १० वर्षपछि निस्क्रिय हुने ठानिएको थियो । तर, वर्षौँसम्म कानुनलाई संशोधन गर्दै आरक्षणको अवधिलाई बढाउँदै लगिएको हो । 

सन् १९८९ मा आरक्षणमा अन्य पिछडिएका वर्गलाई समेत समेटिएको थियो । सो वर्ग परम्परागत उच्च जात र तल्लो जातबीच पर्दछ ।
 
सन् २०१९ को जनवरीमा प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले कानुन संशोधन गरी परिवारको वार्षिक आय कर योग्य सीमाभन्दा कम भएका गरिब वर्गलाई १० प्रतिशत सिट आरक्षणको अनुमति दिएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९  २२:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro