देश
काठमाडौं । विराटनगर महानगरपालिका वडा नं. १२ स्थित ज्येष्ठ नागरिक सेवा समितिले स्थानीय ज्येष्ठ नागरिकहरूलाई सम्मानित गरेको छ ।
समितिले आफ्नो आठौँ वार्षिक साधारणसभाको अवसर पारेर ७० वर्षभन्दा माथिका चारजनालाई सम्मान गरेको हो । कार्यक्रममा मानबहादुर राई, जगहीरालाल कामत, मञ्जुकुमारी मैनाली र हरिकुमारी भट्टराईलाई सम्मानित गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालगायतले दोसल्ला ओढाइ सम्मानपत्र प्रदान गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले ज्येष्ठ नागरिकको ज्ञान र अनुभव समाज निर्माणका लागि प्रयोग गर्नुपर्नेमा जोड दिएका थिए ।
प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९ १०:१७
प्रतिक्रिया दिनुहोस्