site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकामा कार दुर्घटनामा दुई नेपालीको मृत्यु

काठमाडौं । अमेरिकाको भर्जिनियामा भएको कार दुर्घटनामा दुई नेपालीको मृत्यु भएको छ । 

बिहीबार बिहान साढे ७ बजे भर्जिनियाको स्यान्टिल्लीमा रहेको विन्डम होटेल परिसरको पोखरीमा कार खसेको थियो । उक्त कारमा रहेका दुई नेपालीको मृत्यु भएको एनबीसीवाशिङ्गटनडटकमले जनाएको छ ।

मृत्यु हुनेमा चालक ५५ वर्षका कर्ण खड्का र २० वर्षका निश्चल भट्ट छन् । १० फिट जमेको पानीमा उनीहरू डुबेको समाचारमा उल्लेख छ । 

उद्धारका लागि पोखरीमा प्रहरी पुग्दा उनीहरूको मृत्यु भइसकेको थियो । 

“यो सानो सजावटी पोखरी हो । वास्तवमै यसमा डुबेर मृत्यु हुन्छ जस्तो लाग्दैन,” उद्धार प्रयासको प्रत्यक्षदर्शी बोनी गोल्डेनले भनेका छन्, “कहाँ मृत्यु हुन्छ भनेर सोच्दा पनि डरलाग्दो छ ।” 

खड्का सोही होटेलमा हाउस किपिङमा काम गर्दै आएका थिए ।  
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  ०७:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro