site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पिकेको बिदाइ खेलमा बार्सिलोना विजयी 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । रक्षक जेरार्ड पिकेले व्यावसायिक फुटबलबाट सन्यास लिएको खेलमा बार्सिलोनाले शनिबार राति स्पेनिस ला लिगामा अल्मेरियामाथि २–० को विजय हासिल गरेको छ । 

आफ्नो व्यावसायिक करियरको अन्तिम खेलमा पिकेले ८५ मिनेट मैदानमा बिताए । उनलाई आन्द्रेस क्रिष्टेनसनले प्रतिस्थापन गरेका थिए । पिकेले मैदान छोड्दा उनको टिम बार्सिलोना २–० ले अगाडि थियो । र, त्यही स्कोरमा बार्सिलोना विजयी भयो । 

Barca PK 11667706281.jpg

KFC Island Ad
Dabur Nepal
NIC Asia

बार्सिलोनाले ४८औँ मिनेटमा औसमाने डेम्बेलेको गोलबाट अग्रता लिएको थियो । ६२औँ मिनेटमा फ्रांक डी जोङले अग्रता दोब्बर बनाएका थिए । त्यही दुई गोल बार्सिलोनाको जितका लागि पर्याप्त बन्यो । 

खेलपछि ३५ वर्षे रक्षक पिकेलाई रंगशालामा उपस्थित ९२ हजार ६०५ समर्थकले बसेको ठाँउबाट उठेर लामो समयसम्म ताली बजाएर सम्मान गरेका थिए । मैदान छाड्दा पिकेले आँसु थाम्न सकेका थिएनन् । जारी सिजन बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा सबैभन्दा धेरै दर्शक उपस्थित भएका थिए ।

Royal Enfield Island Ad

बिदाइमा भावुक बनेका पिकेले आफु बार्सिलोनामा जन्मिएको र बार्सिलोनामै मर्ने बताए । उनले थपे, ‘‘म यहीँ जन्मिए र यहीँ मर्नेछु । म विश्वस्त छु कि भविष्यमा फेरि यहाँ आउनेछु । म बार्सिलोनालाई माया गर्छु । त्यसैले यो बिदाइ होइन ।’’

Barca PK 21667706281.jpg

पिके सन् २००४ सम्म बार्सिलोनाको युथ खेलाडी थिए । त्यसपछि उनी म्यानचेस्टर युनाइटेडमा अनुबन्धित भए । सन् २००७/०८ सिजनसम्म युनाइटेडमा रहेका पिकेले प्रिमियर लिग र च्याम्पियन्स लिग उपाधि जितेका थिए । त्यसपछि पिके बार्सिलोना फर्किएका हुन् ।

बार्सिलोनामा हुँदा पिकेले ६०० भन्दा बढी खेल खेलेका छन् । यसबीचमा उनले आठ स्पेनिस ला लिगा, तीन च्याम्पियन्स लिग र सात कोपा डेल रे उपाधिसहित ३० ट्रफी उचालेका छन् ।

Barca PK 41667706281.jpg

पिकेले स्पेनका लागि १०२ खेल खेलिसकेका छन् । उनले सन् २०१८ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका थिए । स्पेनबाट पिकेले २०१२ युरोपियन च्याम्पियनसिप र २०१० को फिफा विश्वकपको उपाधि जितेका थिए ।

जितसँगै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाले १३ खेलमा ३४ अंक जोडेको छ । जुन दोस्रो स्थानको रियाल मड्रिडभन्दा दुई अंकले माथि हो । तथापि, रियालले एक खेल कम खेलेको छ । पराजित अल्मेरिया १३ अंकका साथ १५औँ स्थानमा छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  ०९:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro