site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस महामन्त्री शर्मा भन्छन्, ‘०७४ को परिणाम झापा १ मा उल्टन्छ, देशभर पनि’ 
SkywellSkywell

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २०७४ को निर्वाचन परिणाम उल्टिने बताएका छन् । झापा इलामको सिमाना बेसीबजारमा भएको कार्यक्रममा उनले अघिल्लो निर्वाचनको परिणाम आफू उमेदवार भएको क्षेत्र झापा १ सँगै देशभर नै उल्टिने बताए । 

“७० मा करिब ७०० मतले हारेँ । ७४ मा जितिन्छ कि भनेको छापामार शैलीमा दुई कमरेड मिल्दिनुभयो । ७४ सालको घटना मैले सम्झे झैँ ७९ मा अहिले उता एमालेले त्यहाँ सम्झिरहने छ ,” शर्माले भने ।
 
उनले यो निर्वाचनमा कांग्रेस पहिलो, नेकपा (एमाले) दोस्रो पार्टी हुने र नेकपा (माओवादी केन्द्र) भने तेस्रो नै हुने बताए । कांग्रेस र माओवादीको सरकार हुने पनि उनले बताए ।
 
“७४ को एमाले पहिलो भएर कांग्रेस दोस्रो भएजस्तै ७९ मा पहिलो दल कांग्रेस र दोस्रो दल एमाले र तेस्रो माओवादी हो । अब ०७४ मा जस्तै पहिलो र तेस्रो मिलेर सरकार बनेजस्तै, अब पहिलो र तेस्रो मिलेर सरकार बन्छ,” शर्माले भने ।
 
महामन्त्री शर्माले अघिल्लोपटक एमालेका अध्यक्ष केपी शर्मा ओलीको सत्ताको अहंकारले बालुवाटारबाट बाहिरिएको बताए । 

Dabur Nepal
NIC Asia

“सत्ताको घोडाबाट ओलीलाई कसैले बार्दलीमा ओरालेको माधव नेपाल र प्रचण्डले हो । उहाँको अंहकारको सत्ताको घोडालाई ओरालो लगाएकै हो,” उनले भने, “एमाले र माओवादी त चलेन, अहिलेको गठबन्धन के चल्ला भन्ने होला । तर, त्यो गठबन्धन अन्तद्वन्द्वरत् थियो । त्यो मिलेको थिएन ।”

शर्माले अहिलेको सत्ता गठबन्धनलाई सलादसँग तुलना गरे । 

“यता, हामीभित्र फरक विचार छ, यहाँभित्रको अन्तरद्वन्द्व हामी मिलाउँछौँ र पाँच वर्ष सरकार र संसद् चलाउँछौँ । सलाद जस्तो फरक काँक्रा, मुला, प्याज एकै ठाउँमा फलाउन सकिँदैन । तर, फरक फरक ठाउँबाट ल्याएर मिलाउन सक्छौँ,” उनी भन्छन्, “यो हजार मिटरको दौड हैन, लामो यात्रा हो । प्रतिगमन अन्त्य गरेर अग्रगमनमा लैजान्छौँ ।”

उनले आफूहरु पाँच वर्ष संसद् टिकाउने भनेर भोट माग्ने बताउँदै एमाले अध्यक्ष ओली त्यसमा तयार हो कि होइन भन्दै प्रश्न गरे । 

“हामी पाँच वर्ष संसद् टिकाउँछौ भनेर भोट माग्छौँ, के उहाँ केपी ओलीले त्यो प्रतिवद्धता गरेर भोट माग्न तयार हुनुहुन्छ ?,” उनले प्रश्न गरे ।

शर्माले झापा १ लाई एक नम्बर बनाउनका लागि लाग्नसमेत आह्वान गरे ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९  १७:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro