site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सन्दीप लामिछाने : ‘स्टार’ क्रिकेटरदेखि कारागारसम्म
SkywellSkywell

काठमाडौं । एसोसिएट राष्ट्रका स्टारका रुपमा पहिचान बनाएका क्रिकेटर सन्दीप लामिछानेले छोटो समयमा ठूलो सफलता हात पारे । उनले हासिल गरेको सफलता लोभलाग्दो थियो ।

उमेरले २३ वर्ष लागेका सन्दीपको क्रिकेट ‘करिअर’मा तत्कालका लागि ब्रेक लागेको छ ।

बलात्कार आरोप लागेका उनलाई मुद्दाको किनारा नलागेसम्म कारागारमा राख्न काठमाडौं जिल्ला अदालतले आज आदेश दिएको छ । न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

Dabur Nepal
NIC Asia

गत भदौ २१ मा काठमाडौंस्थित प्रहरी वृत्त गौशालामा उनीविरुद्ध नाबालिगमाथि बलात्कार गरेको उजुरी परेको थियो । सोही उजुरीका आधारमा उनी २० असोजमा पक्राउ परे । जाहेरीमा सन्दीपले ती किशोरीलाई भदौ ५ गते राति होटेल काठमाडौं इनमा लगेर बलात्कार गरेको उल्लेख थियो ।

होटेल काठमाडौं इनको सीसीटीभी फुटेजमा उनीहरू राति ११ः५५ बजे होटेल प्रवेश गरेको पुष्टि भयो । बिहान ६ः४५ मा दुवैजना सँगै बाहिर निस्किएको देखिएको थियो ।

भदौ ६ गते सन्दीप ट्वान्टी–२० क्रिकेट खेल्न केन्या प्रस्थान गरेका थिए । त्यहीँबाट उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जमैका गएका थिए ।

उनी जमैकामै रहेका बेला उनीविरुद्ध भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । सन्दीपविरुद्ध बलात्कारको आरोप लागेपछि उनलाई नेपाल क्रिकेट संघ (क्यान)ले निलम्बन गरेको थियो ।

कप्तानका रुपमा उनको क्रिकेट ‘करिअर’ एक वर्ष पनि टिकेन । उनलाई क्यानले ०७८ मंसिरमा कप्तान नियुक्त गरेको थियो ।

तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीसहितका खेलाडी अनुशासनको कारवाहीमा परेपछि सन्दीपलाई कप्तानको जिम्मेवारी दिइएको थियो ।

सन्दीपले त्यसअघि यु–१९ राष्ट्रिय टोलीको नेतृत्व गरेका थिए । उनले यु–१९ विश्वकपमा आयरल्यान्डविरुद्धको खेलमा ह्याट्रिकसमेत लिएका थिए ।

सन्दीपले विश्व क्रिकेटका ठूला लिग इन्डियन प्रिमियर लिग (आईपीएल), विग ब्यास लिग, क्यारेवियन प्रिमियर लिग, पाकिस्तान सुपर लिग, टि–१० लगायत विश्वचर्चित फ्रेन्चाइज लिग खेलिसकेका छन् ।

नेपालका लागि उनले एकदिवसीय डेब्यु २०१८ अगस्ट १ मा नेदरल्याण्ड्सविरुद्धको खेलबाट गरेका थिए । टि–ट्वान्टी डेब्यु पनि २०१८ कै मे ३१ मा आईसीसी विश्व ११ बाट गरेका थिए । जुन खेल वेष्ट इन्डिजविरुद्ध थियो ।

उनले हालसम्म नेपालका लागि खेलेका ३० एकदिवसीय अन्तर्राष्ट्रिय खेलको २९ इनिङमा ६९ विकेट लिएका छन् ।

टि–ट्वान्टी अन्तर्राष्ट्रियमा ४४ खेलमा ८५ विकेट लिएका छन् । उनले एकदिवसीयमा १७० रन र टि–ट्वान्टी अन्तर्राष्ट्रियमा ५७ रन बनाएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९  १४:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu